• २०८१ बैशाख २० बिहीबार

'एभेन्जर्स: इन्डगेम'ले प्रि-बुकिङमै तोड्यो रेकर्ड

kharibot

काठमाडौं । मार्भल स्टुडियोजको आगामी सुपरहिरो चलचित्र 'एभेन्जर्स: इन्डगेम'ले टिकट बिक्री खुला गरिएको ६ घण्टाभित्रै कीर्तिमानी सङ्ख्यामा टिकट बिक्री गरेको छ ।

उक्त चलचित्रको पहिलो दिनको टिकट पहिलो छ घण्टामै 'स्टार वार्स'का पछिल्ला दुई चलचित्रको भन्दा बढी बिक्री भएको छ । मंगलबार मात्र अमेरिकाका लागि चलचित्रको टिकटको प्रि-बुकिंग खुला गरिएको थियो ।

अमेरिकाको टिकट बुकिंग गर्ने दुई ठूला वेबसाइट एटम र फ्यानड्याङ्गोका अनुसार 'एभेन्जर्स: इन्डगेम'को पहिलो दिनको टिकटहरू २०१५ मा रिलिज भएको डिज्नीको 'स्टार वार्स: द फोर्स अवेकेन्स' र २०१७ मा रिलिज भएको 'स्टार वार्स: द लास्ट जेडी'भन्दा बढी विक्री भएको हो । यी दुवै वेबसाइटहरूका लागि यस चलचित्रको पहिलो दिनको टिकट बिक्रीको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

त्यसैगरी इबेमा 'एभेन्जर्स: इन्डगेम'को पहिलो दिनको टिकट ५०० डलरसम्मको मूल्यमा बिक्रिका लागि राखिएको जनाइएको छ । त्यसैगरी अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार टिकट बिक्री गर्ने थुप्रै वेवसाइटहरू अत्याधिक छापका कारण क्र्यास भएका छन् ।

२०१९ को सबैभन्दा बहुप्रतिक्षित चलचित्रका रुपमा हेरिएको 'एभेन्जर्स: इन्डगेम' मार्भलका अघिल्ला २२ सुपरहिरो चलचित्रको निष्कर्ष भएको जनाइएको छ । यस चलचित्र अस्ट्रेलिया र चीनमा अप्रिल २४ र अमेरिकामा अप्रिल २६ मा रिलिज हुँदैछ । एभेन्जर्सको अघिल्लो चलचित्र 'एभेन्जर्स: इन्फिनिटी वार' २०१८ मा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको थियो । उक्त चलचित्रले विश्वव्यापी रुपमा २ अर्ब डलर भन्दा बढी कमाइ गर्न सफल भएको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै