रोनाल्डो बिना युभेन्टस पराजित, इतिहास बनाउनबाट चुक्यो

खरीबोट

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस पराजित भएको छ । शनिबार भएको खेलमा युभेन्टस स्पालसंग २-१ गोल अन्तरले पराजित भएको हो ।

स्पालको जितमा केभिन बोनिफाजी र फ्लोकारीले एक एक गोल गरेका थिए भने युभेन्टसका लागि युवा खेलाडी मोयस कीनले एक गोल गरेका थिए । 

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना खेलेको युभेन्टसले यस खेलमा जित हासिल गरेर सिरी ए को उपाधि ४ खेल अगाडी नै जित्ने अवसर गुमाएको छ । यो हारसँगै सिरी ए को इतिहासमा सबै भन्दा छिटो लिग उपाधि जित्ने रेकर्ड बनाउनबाट युभेन्टस चुकेको छ । 

युभेन्टसको ३२ खेलमा ८४ अंक रहेको छ भने एक खेल कम खेलेको नापोली ३१ खेलमा ६४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

युभेन्टस अब आगामी मंगलबार च्याम्पियन्स लिग अन्तर्गत एजाक्ससँग क्वाटरफाइनलको दोस्रो लिग खेल्ने छ । पहिलो लिगमा दुवैले १-१ गोल गरेर बराबर रहेका छन् ।   

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा लिभरकुशनमाथि युभेन्टसको सहज जित

काठमाडौँ । इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग अन्तर्गत बायर लिभरकुसनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले लिभरकुशनलाई ३-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा गोन्जालो हुगैन, फेडरिको बेर्नारडेसची

युभेन्टसको जितमा पजानिक र रोनाल्डोको गोल

काठमाडौँ । सिरी ए अन्तर्गत युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले एसपाललाई २-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा मिरालेम पजानिक र क्रिस्टियानो रोनाल्डोले एक एक

युभेन्टसलाई इन्टरको चुनौती, अपराजित हुदै फेरी शिर्ष स्थानमा 

काठमाडौँ । इटालियन सिरी ए मा इन्टर मिलान फेरी शिर्ष स्थानमा पुगेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले लाजियोलाई १-० गोल अन्तरले पराजित गर्दै सिरी ए मा अहिलेसम्म अपराजित हुदै

रोनाल्डो बिना युभेन्टस विजयी, पजानिकले निर्णायक गोल

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले ब्रेससियामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्ट्सले ब्रेससियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा मिरालेम पजानिकले निर्णायक गोल


z