समीट एयर दुर्घटना छनबिन गर्न आयोग गठन 

खरीबोट

काठमाडौं । आइतबार बिहान लुक्लामा भएको समीट एयर दुर्घटनाको छानबिन गर्न सरकारले दुर्घटना जाँच आयोग गठन गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षमा चार सदस्यीय आयोग गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार छानबिन आयोगका सदस्यमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ, तारा एयरका क्याप्टेन रवीन्द्र डंगोल र सदस्य सचिवमा पर्यटन मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछाने रहेको छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–२ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज उड्ने क्रममा चिप्लिएर दुर्घटना हुँदा को–पाइलटसहित ३ जनाको मृत्यु भएको थियो ।

समिटको ९ एन एएमएच कलसाइनको १९ सिट क्षमताको एल ४१० नामक ट्विन इन्जिन जहाज आइतबार बिहान दुर्घटनामा परेको हो । जहाज दुर्घटनाबाट मनाङ एयरको हेलिकप्टरमा समेत क्षति पुगेको छ ।

दुर्घटनामा जहाजका को–पाइलट सुजित ढुंगाना लामा, पर्यटक प्रहरी निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भएको छ। 

कोपाइलट ढुंगाना र पर्यटन प्रहरी खड्काको घटनास्थलमै ज्यान गएको हो भने श्रेष्ठको काठमाडौंस्थित बीएन्डबी हस्पिटलमा उपचार क्रममा ज्यान गएको हो ।

दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते हुनेमा समिट एयरका पाइलट रविनाथ रोकाय, मनाङ एयरका पाइलट चेतबहादुर गुरुङ, मनाङ एयरका लुक्ला इन्चार्ज लाक्पाछिरी शेर्पा र कामदार स्याङबुचे कार्की रहेका छन् ।

रामेछाप विमानस्थलबाट यात्रु लिएर लुक्ला पुगेको उक्त जहाज यात्रु ओरालेर फर्कने क्रममा थियो । लुक्लाबाट पुनः यात्रु लिन रामेछाप फर्कने क्रममा जहाज धावनमार्गबाट दाहिनेतर्फ मोडिएर पार्किङ गरिराखेको हेलिकप्टरमा ठोक्किँदा दुर्घटना भएको हो ।

सम्बन्धित समाचार

तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना, सबै यात्रु सकुशल 

काठमाडौं । तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ । सोमबार बिहान तारा एयरको ९-एन एकेके कल साइनको डोर्नियर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि दुर्घटना भएको हो

लुक्ला विमान दुर्घटनाबारे स्थलगत अध्ययन 

सोलुखुम्बु । तेञ्जिङहिलारी विमास्थल लुक्लामा भएको विमान दुर्घटनाका विषयमा छानविन गर्न गठित समितिले स्थलगत अध्ययन गरेको छ । टोली बुधबार लुक्ला आई स्थलगत अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका स्टेशन

लुक्ला विमानस्थलमा दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो 

काठमाडौँ । लुक्ला विमानस्थलमा समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा एक को-पाइलट सहचालक र विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका

लुक्लामा विमान दुर्घटना अपडेट : को-पाइलट र एक प्रहरीको मृत्यु 

काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । लुक्काबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको  विमान  दुर्घटनामा परेको हो । उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर


z