• २०८१ बैशाख १६ आइतबार

रुस भन्छ- वाग्नर प्रमुख प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भयो

kharibot

काठमाडौँ । रुसको राजधानी मस्कोको उत्तरमा एउटा निजी विमान दुर्घटना हुँदा वाग्नर प्रमुख येवगेनी प्रिगोजिन सहित १० जनाको मृत्यु भएको रुसले बताएको छ ।

रुसी उड्डयन एजेन्सीले दुर्घटनाग्रस्त विमानमा वाग्नर प्रमुख सवार रहेको पुष्टि गरेको छ । एजेन्सीले वाग्नर-चीफ प्रिगोजिन दुर्घटनाग्रस्त विमानमा सवार थिए र दुर्घटनामा कुनै यात्रु नबाँचेको बताएको छ । 

यसअघि सञ्चारमाध्यमहरूले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरूको सूचीमा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको नाम पनि समावेश भएको दाबी गरेका थिए। मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै गरेको विमानमा सात जना यात्रु र तीन जना चालक दलका सदस्य रहेको मिडिया रिपोर्टले जनाएको छ । मस्कोको उत्तरमा रहेको टभर क्षेत्रमा विमान दुर्घटना भएको हो ।

रुसको सरकारी समाचार एजेन्सी टासले अधिकारीहरूलाई उद्धृत गर्दै विमानमा तीन पाइलट र सात यात्रु रहेको बताएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले जानकारी दिएका छन् ।

उही समयमा, सोशल मिडिया टेलिग्राममा अपुष्ट रिपोर्टहरूले विमानलाई रूसी वायु रक्षा बलले खसालेको दाबी गरिएको छ ।

येभगेनी प्रिगोजिनले गत जुनमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग विद्रोह गरेर एकाएक चर्चामा आएका थिए । उनले आफ्ना सेनाहरूसँग मस्कोमा मार्च गरेपनि बेलारुसको मध्यस्थतामा सो विद्रोह रोकिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै