काठमाडौँ । च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएसंगै इटालियन क्लब युभेन्टसको सेयर मुल्य घटेको छ ।
मंगलबार राति नेदरल्याण्डसको अयाक्स क्लबसँग पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको युभेन्टसको सेयर २२ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरका छन् ।
मिलान स्टक मार्केटमा सुरुवाती कारोबारमा १८ प्रतिशतसम्म गिरावट आएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।
खेलमा क्रिस्टियानो रोनाल्डोले सुरुवाती गोल गरेपनि अयाक्सले २ गोल गर्दै समग्रमा ३-२ गोल अन्तरले युभेन्टसलाई प्रतियोगिताबाट बाहिर पठाएको थियो ।
सन् १९२३ देखि फियाट गाडीको ब्यापारमा रहेका युभेन्टसका मालिक इटालीका एग्नेली परिवारका लागि यो हारले निकै घाटा लाग्ने देखिएको छ ।
त्यस्तै नेदरल्याण्डसको क्लब अयाक्सको भने सेयर बजारमा करिब ८ प्रतिशतले बढेको बताइएको छ । जुन सेयर बजारको मुल्य अनुसार २७२ मिलियन पाउण्ड हुने बताइएको छ ।