• २०८१ बैशाख २० बिहीबार

गुणस्तर बिभागद्वारा श्री ग्यास उद्योगलाई कारवाही, उत्पादनमा रोक 

kharibot

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सञ्चालित गरेको श्री ग्यास उद्योग, धादिङलाई कारवाही गरेको छ ।

विभागको टोलीले आज निरीक्षणका क्रममा उक्त ग्यास उद्योगले पुरानो भल्ब मर्मत गरेर प्रयोग गरेको, सेफ्टी क्याप नलगाएको, भल्बको लिक टेस्ट नगरेको, हाइड्रो स्टाटिक टेक्स नगरीकन सिलिण्डरको म्याद थप गरेको भन्दै कारवाहीका लागि सिफारिश गरेको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागको मापदण्ड कार्यान्वयन नगरेकाले तत्कालका लागि ग्यास उत्पादनमा रोक लगाएको जानकारी दिए । 

“विभागको मापदण्ड पूरा नगरेकाले तत्काल उत्पादनका लागि रोक लगाएका छौँ, आवश्यक सुधार नगरे प्रमाणपत्रसमेत रद्द गर्नेछौँ,” उनले भने ।

विभागले यसअघि पनि मापदण्ड पूरा नगरी सञ्चालन गर्ने विभिन्न किसिमका उद्योगलाई कारवाही गर्दै आएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै