वैशाख २ गतेको मन्त्रिपरिषदका प्रमुख निर्णयहरू 

खरीबोट

काठमाडौँ । यहि वैशाख २ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू सार्वजनिक गरिएको छ ।

सरकारका प्रवक्ता एवं सूचना तथा प्रसारणमन्त्री गोकुलप्रसाद बास्कोटाले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन मार्फत बैशाख २ गतेका मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषद्का प्रमुख निर्णयहरु  

१. संघमा समायोजन भएका कर्मचारीबाट कामकाज गर्ने गरी पशु क्वारेन्टाइन कार्यालय, काठमाडौं अन्तर्गत रसुवा जिल्लाको रसुवागढी तथा काठमाडौं जिल्लाको नागढुङ्गामा अस्थायी पशु क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने निर्णय गरिएको छ ।

२. ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ लाई स्वीकृत गरिएको छ । 

३. सगरमाथा सम्वाद सञ्चालन गर्ने निर्णय गरिएको छ ।

४. निम्न प्रयोजनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ–
क) कालंगागाड जलविद्युत आयोजना (१५.३३ मे.वा.)
ख) माथिल्लो कालंगागाड जलविद्युत आयोजना (३८.४६० मे.वा.) 
ग) मारुती सिमेन्ट लिमिटेडका लागि चूनढुङ्गा उत्खनन
घ) सत्य साई कोल उद्योग प्रा.लि.का लागि चूनढुङ्गा उत्खनन
ङ) रिचेत खोला साना जलविद्युत आयोजना (४.९८ मे.वा.)

५. शैक्षिक सत्र, २०७६ को विद्यार्थी अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

६. नेपाल प्रशासन सेवाको समूहीकरण (क्लष्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरी पोखरास्थित प्रदेश नं ४ को मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापना गरिएको छ । त्यसैगरी केवल भण्डारीलाई कर्णाली प्रदेशको मूख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिवमा पदस्थापन गरिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिवमा पदस्थापन गरिएको छ । 

कर्णाली प्रदेशका मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव राम प्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयका सचिवमा पदस्थापन गरिएको छ । प्रदेश नं १ को मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गरिएको छ । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवमा पदस्थापन गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई कायम मुकायम गरी प्रदेश नं १ मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवमा पदस्थापन गरिएको छ । अतिरिक्त समूहमा सचिव रहेका डा. हरि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवमा पदस्थापन गरिएको छ । राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवमा पदस्थापन गरिएको छ ।

७. बीउ बिजन ऐन, २०४५ लाई संशोधनगर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

८. खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

९. राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

१०. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

११. नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

१२. वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृतिदिइएको छ ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठकका निर्णय के के छन् ? (सुचिसहित)

काठमाडौं । साउन १६ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।  मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सार्वजनिक

प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफै बेहोर्नुहुन्छ – मन्त्री बास्कोटा

काठमाडौँ । सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री केपी शर्माको सिंगापुरमा हुने उपचार खर्च आफैले बेहोर्ने बताएका छन् । सरकारको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार

मन्त्रिपरिषद् निर्णय : दुई सचिवको सरुवा

काठमाडौँ । सरकारले शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयको सचिवमा र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयको सचिवमा सरुवा

असार २९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु (सुचीसहित)

काठमाडौं । सरकारले साझा यातायात सहकारी संस्था लिमिटेडमा तीन अर्ब रुपैयाँ सेयर लगानी गर्ने भएको छ । गएको असार २९ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित


z