• २०८१ बैशाख १५ शनिबार

जापानमा तेक्वान्दो च्याम्पियनशिपमा भाग लिने खेलाडीलाई सिटी एक्सप्रेसको सहयोग 

kharibot

काठमाडौँ । जापानको ओसाकामा हुन गइरहेको १७औं वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भागलिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसले सहयोग गरेको छ ।

सिटी एक्सप्रेसले खेलाडीहरुलाई सफलताको शुभकामनादिदैं सम्पुर्ण खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट उपलब्ध गराई सहयोग गरेको छ । 

उक्त वाताओपनअन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप,जापानको ओशाकामा यहि अप्रिल २० तारिक देखि सुरु हुदैछ । विश्वका विभिन्न मुलुकबाट सहभागिता जनाइने यस च्याम्पियनशिपमा नेपालले पनि भाग लिन लागेको हो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्षदेखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय