• २०८१ बैशाख १६ आइतबार

काभ्रेपलाञ्चोकमा टिपर दुर्घटनामा एकको मृत्यु

kharibot

काभ्रेपलाञ्चोक । बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा आज बिहान बा३ख ५३९६ नंको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको उक्त टिपर सडकबाट अन्दाजी ३०० मिटर तल खोचमा खसेको थियो ।

टिपर धनी एवं चालक धादिङको थाक्रे गाउँपालिका–७ का ४५ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै