काठमाडौँ । आइपिएल अन्तर्गत कोलकोता नाइटराइडर्सले सनराइजर्स हैदरावादलाई १६० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ८ विकेट गुमाउदै १६० रन बनाएको हो ।
कोलकोताका लागि क्रिस लिनले सर्वाधिक ५१ रन बनाए । लिन ४७ बलमा ५१ रन बनाएर आउट भएका थिए । कोलकोताका लागि रिंकु सिंहले ३० रन बनाए भने सुनिल नारानले २५ रन बनाएका थिए । त्यस्तै आन्द्रे रसेलले १५ र नितिस रानाले ११ रन बनाएका थिए ।
सनराइजर्सका बलर खलिल अहमदले सर्वाधिक ३ विकेट लिएका थिए ।अहमदले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले २ विकेट लिए भने सन्दीप शर्मा र राशिद खानले एक एक विकेट लिएका थिए ।
प्रतियोगितामा सनराइजर्सले ८ खेल खेल्दै ४ खेलमा जित हासिल गरेको छ भने कोलकोताले ९ खेलमा ४ खेल जितेको छ ।