• २०८१ बैशाख १५ शनिबार

आयुर्वेद अनुसन्धान केन्द्रलाई अपुग रकमबारे जानकारी गराउन मन्त्रालयको निर्देशन 

kharibot

काठमाडौं । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई अपुग बजेटबारे मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएका छन् ।

मन्त्री यादवले तीन दिनभित्रको समय दिँदै केन्द्रलाई अपुग बजेटबारे मन्त्रालयलाई जानकारी गराउन केन्द्रलाई निर्देशन दिएका हुन् । 

तलब तथा दरबन्दी व्यवस्थापन लगायतको विषयमा सुनिश्चितता नभएको भन्दै केन्द्रका कर्मचारीहरुले केन्द्रमा तालाबन्दी गरेसँगै मन्त्रालयले समस्या समाधानका लागि पहल थालेको हो ।

मन्त्रालयले केन्द्रलाई अनिवार्य दायित्वहरुमा केकति बजेट अपुग भएको हो , सोको पुष्ट्याइ (तलब, भत्ताको सम्वन्धमा स्विकृत दरबन्दी र विनियोजन रकम मध्ये हालसम्म खर्च भई बाँकी विवरण र दायित्व र्सिजना भई सकेको पानी बिजुली, टेलिफोनको हकमा बिल र आगामी अवधिको लागि आवश्यक पर्ने अनुमानित रकम सहितको यर्थात विवरण ३ दिन भित्र पठाउन निर्देशन दिएका छन् ।

केन्द्रका कर्मचारीहरुले केन्द्रका कार्यकारी निर्देशक डाक्टर सिद्र्धाथ कुमार ठाकुर तथा लेखाका कर्मचारीको मिलेमत्तोमा आर्थिक अन्यौलता कायम गरेको आरोप लगाएका छन् । यद्पि डा ठाकुरले भने सो आरोप भावनात्मक मात्र भएको प्रतिक्रिया दिएका छन् ।

तलब तथा दरबन्दी लगायतका समस्या भोगेका कर्मचारीहरुले भने संस्थालाई खोक्रो बनाउन केन्द्रका केहि सदस्य लागेको बताएका छन् । उनीहरुले अनुसन्धान की संग्राहलय , आयुर्वेद अनुसन्धानको खोजीमा हाम्रो संस्था गोजीमा लगायतका प्लेकार्ड बोकी चैत्र २९ गतेदेखि केन्द्रमा प्रदर्शन समेत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै