काठमाडौँ । सोमबार सम्पन्न जिल्ला तहको एकता घोषणामा सहभागि वरिष्ठ नेता माधवकुमार नेपाल कार्यक्रम नसकिदै बाहिरिएपछि निकै चर्चा भइरहेको छ ।
कतिपयले जिल्ला तहको नेतृत्वमा गरिएको बाँडफाँटप्रति असन्तुष्टी भएको आशंका गरेका छन् ।
तर नेपालले कार्यक्रममा आफूले सम्बोधन गर्न नपाएपछि असन्तुष्ट भएर कार्यक्रमको बिचमै निस्किएको पाइएको छ ।
कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मात्रै सम्बोधन गर्न दिएकोमा असन्तुष्ट बनेका नेपाल कार्यक्रम जारी रहदै कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।
नेपालले पार्टीभित्रै आफूलाई अपहेलना गरिएको महसुश गरेर सांकेतिक विरोध गरेका हुन् ।
जिल्ला तहको एकता सहमतिमै गरिएको भए पनि कार्यक्रममा उचित महत्व नदिएपछि नेपालले असन्तुष्टी जनाएको नेपाल निकट नेताले जानकारी दिएका छन् ।