• २०८१ बैशाख २९ शनिबार

सेनाको स्कुलमा विद्यार्थी भर्नामा अनियमितता गर्ने प्रधानाध्यापकसहित तीन जना पदमुक्त 

kharibot

काठमाडौँ । नेपाली सेनाले रिपुमर्दिनी सैनिक विद्यालयमा कक्षा १ को विद्यार्थी भर्नामा अनियमितता गर्ने प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जनालाई कारवाही गरेको छ ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित रिपुमर्दिनी सैनिक विद्यालय, बांसवारी काठमाडौंमा नयाँ शैक्षिक सत्र २०७६ मा कक्षा १ को लागि विद्यार्थी भर्नाको निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा सहभागी परीक्षार्थीहरुलाई प्रधानाध्यापक लगायत शिक्षक र कर्मचारी समेतले परीक्षा प्रणालीको मर्म र भावना विपरित पदीय मर्यादा एवं आचरणविपरित उतिर्ण गराएको पाइएपछि कारवाही गरेको नेपाली सेनाले जनाकारी दिएको छ ।

प्रधानाध्यापक, शिक्षक र कर्मचारीले शैक्षिक संस्थाको छवि धमिल्याउनुको साथै नेपाली सेना तथा उक्त विद्यालयलाई समेत गम्भीर आँच आउने कार्य गरेको पाइएको हुँदा उक्त कार्यमा संलग्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जनालाई यहि बैशाख ०९ गतेबाट लागु हुने गरी पदमुक्त गरिएको जानकारी गराएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय