• २०८१ बैशाख २६ बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी हुदैछ कालोपत्रे (फोटो फिचर)

kharibot

काठमाडौँ । गत चैत १८ गतेदेखि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोपत्रे गर्ने काम जारी रहेको छ । 

विगत चार दशकदेखि सामान्य मर्मत गरेर सञ्चालनमा ल्याई राखिएको विमानस्थलको धावनमार्गको कालोपत्र पूर्णरुपमा फेरेर नयाँ राख्ने काम अहिले जारी रहको छ । 

धावनमार्गको कालोपत्र सामान्य रुपमा उप्कदासमेत हवाइजहाज उडान तथा अवतरणमा समस्या हुँदै आएको थियो । मुलुकको प्रतिष्ठासँग जोडिएको विमानस्थललाई समस्यारहित बनाउने लक्ष्यका साथ सरकारले पूर्णरुपमा मर्मत गर्न लागेको हो । 
चिनियाँ कम्पनीले रु चार अर्ब २७ करोड लागतमा विमानस्थलको धावनमार्ग मर्मतको जिम्मा पाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको कार्यतालिकाअनुसार आगामी चैत १८ गतेदेखि ९० दिनको समय सिमा तोकेर रातको समयमा अहिले धावनमार्गको स्तरोन्नतिको काम भैरहेको छ । 

गौचरण विमानस्थलको नामबाट विसं २००६ देखि नागरिक उड्डयन सेवा शुरु गरेको हो । विसं २०१२ मा तत्कालीन राजा महेन्द्रले आफ्ना पिता त्रिभुवनको नामबाट विमानस्थलको नाम राख्न लगाएको बताइन्छ । गत जेठ ७ गतेदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको हो । 
ठेकेदार कम्पनीले करीब ९० दिनभित्र पूर्णरुपमा नयाँ कालोपत्र गरिसक्ने जनाएको छ । विमानस्थल मर्मतको काम असाध्यै जोखिमपूर्ण काम भएकाले दैनिक दश घण्टा मात्रै सञ्चालनमा ल्याएको छ । 

विशेषगरी रातको समयमा धावनमार्ग भत्काएर मर्मत गर्ने र विमान उडानका लागि योग्य बनाइनेछ । 

विमानस्थलमा हाल दैनिक १०० भन्दा बढी अन्तर्राष्ट्रियसहित सरदर ४०० उडान हुने गरेको छ । विमानस्थलमा समस्या आउँदा लामो समय जहाज आकाशमा ‘होल्ड’ गर्नुपर्ने र इन्धनको नाश तथा यात्रुले समेत तनाव भोग्न परेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोपत्रे गर्ने काम यसरी हुदै छ :

(तस्वीर : रोशन सापकोटा, रासस)


 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै