• २०८१ बैशाख १८ मंगलबार

काठमाडौँ महानगरका संस्थागत विद्यालयमा पुरानै शुल्क

kharibot

काठमाडौँ । यस शैक्षिक सत्रदेखि लागू हुनेगरी काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयका लागि निर्धारण गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने भएको छ । 

कामपामा बुधबार बसेको शिक्षा समितिको बैठकले गत चैत अन्तिम साता कामपा शिक्षा विभागले संस्थागत विद्यालयलाई क, ख, ग र घ वर्गमा विभाजन गरी शुल्क निर्धारण कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

कामपाको नगरप्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले विभागको उक्त निर्णय समितिमा पेश नभएकाले हाल पुरानैअनुरुप भर्ना अभियान हुने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । 

यसै शैक्षिक सत्रदेखि लागू हुने गरी सबै संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरिएको थियो । शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ वर्गमा पर्ने विद्यालयको अधिकतम शुल्क रु एक हजार ६३०, ‘ग’ वर्गका विद्यालयको रु दुई हजार, ‘ख’ वर्गका विद्यालयको रु दुई हजार ४१८ र ‘क’ वर्गका विद्यालयको रु दुई हजार, ८१२ निर्धारण गरेको थियो । 

आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गका विद्यालयको अधिकतम शुल्क रु एक हजार ९०१, ‘ग’ वर्गका विद्यालयको रु दुई हजार ३५१, ‘ख’ वर्गका विद्यालयको रु दुई हजार ८०१ र ‘क’ वर्गका विद्यालयको रु तीन हजार, २५१ कायम गरेको थियो । माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ वर्गमा पर्ने विद्यालयले रु तीन हजार ५३७ अधितम शुल्क लिन पाउने व्यवस्था गरिएको थियो । यसअघि उक्त वर्गका लागि अधिकतम शुल्क रु तीन हजार रु ८३८ थियो । 

त्यस्तै ‘ग’ वर्गका लागि तीन, हजार ४९, ‘ख’ वर्गका लागि रु तीन हजार, ७६२ र क वर्गका लागि रु चार ३७३ अधिकतम शुल्क तोकिएको थियो । काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययनरत छन्  । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै