• २०८३ जेठ २५ सोमबार

शीघ्रपतन किन हुन्छ ? यससँग जोडिएका मिथक

शीघ्रपतन किन हुन्छ ? यससँग जोडिएका मिथक

काठमाडौँ । प्रिमेच्योर इज्याकुलेसन अथवा शीघ्रपतन के हो र यौन जीवनमा यसको कस्तो प्रभाव रहन्छ भन्ने अधिकांश जोडीको जिज्ञासा हुन सक्छ । यौन सम्पर्कको बेला १ मिनेट अथवा त्योभन्दा कम समयमा वीर्य स्खलनको समस्या नै प्रिमेच्योर इज्याकुलेसन हो । कतिपय अवस्थामा त पेनिट्रेसन अथवा यौन सम्पर्क सुरु गर्नुअघि नै स्खलन हुन्छ । यसका कारण दुवै जोडी नै असन्तुष्ट रहन्छन् । यो एक साधारण समस्या हो । तर, यससम्बन्धी मानिसहरुले वास्तविकता नजानी विभिन्न किसिमका धारणा बनाएका हुन्छन् । यससँग सम्बन्धित केही मिथक यसप्रकार छन् :

मिथक : यो युवाहरूसँग सम्बन्धित समस्या हो

शीघ्रपतनको समस्या कुनै पनि वयस्क पुरुषमा हुन सक्छ । यो युवाको मात्रै समस्या होइन । यो समस्याको लागि व्यक्तिको उमेर कति छ भन्ने कुराले कुनै पनि फरक पर्दैन । २ हजार पुरुषमा गरिएको शीघ्रपतनसम्बन्धी एक अध्ययनका अनुसार यस समस्याबाट पीडित करीब ७२ प्रतिशत पुरुष ४० वर्षभन्दा माथिका थिए ।

मिथक : यो एक जन्मजात समस्या हो

शीघ्रपतनको समस्या जन्मजात कसैमा पनि हुँदैन । बेडमा कस्तो प्रस्तुति दिन सक्छु भन्ने चिन्ता, एन्जाइटी, तनाव, विभिन्न किसिमका रोग तथा बिरामी, थकान, औषधिको बढी प्रयोग आदिका कारण यो समस्या देखिने गर्छ । यो एक वंशाणुगत समस्या पनि हुन सक्छ ।

मिथक : पुरुषलाई सम्पर्क टुंगाउने हतार थियो

शीघ्रपतनको समस्या भएका पुरुषका महिला पार्टनरहरू पुरुषलाई इन्टरकोर्स अथवा यौन सम्पर्क टुंगाउने हतार भएकोले छिटै स्खलित भएको सोच्दछन् । तर, यो पुरुषको एक साधारण समस्या हो, जसमा पुरुषको कुनै गल्ती छैन । जसले वीर्यस्खलनलाई नियन्त्रण गर्न सक्दैन, त्यस्ता पुरुष हीनता बोध गर्न सक्छन् ।

मिथक : भियाग्राले समस्या समाधान हुन सक्छ

भियाग्रा लिनाले शीघ्रस्खलनको समस्या समाधान हुन्छ भन्ने धेरैको धारणा हुन सक्छ । तर, यसमा कुनै वास्तविकता छैन । भियाग्राले रक्तसञ्चारलाई बढाउने भए पनि शीघ्रस्खलनको समस्यालाई समाधान गर्छ नै भन्ने छैन । यस समस्याको समाधानका लागि यौन विशेषज्ञ तथा चिकित्सकसँग सल्लाह लिनु नै सबैभन्दा राम्रो उपाय हो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै