• २०८१ बैशाख २२ शनिबार

‘वीरविक्रम २’ को ट्रेलर सार्वजनिक, पल र नाजीरको नटुट्ने मित्रता

kharibot

काठमाडौँ । फिल्म ‘वीरविक्रम २’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि दुई गीत सार्वजनिक भएको यस फिल्मको ट्रेलर विहिबार सार्वजनिक गरिएको हो । 

यस अघि सार्वजनिक भएको पुरानो चर्चित गीत ‘पिरतीको मिठो तिर्सना’ गीतको लोकप्रिय भएको छ भने दोस्रो गीत बाचालाई पनि रुचाइएको छ ।

फिल्मा पल शाह, नाजिर हुसेन र बर्षा शिवाकोटीबीचको त्रिकोणीय प्रेमको कथा रहेको बुझ्न सकिन्छ । त्यस्तै फिल्ममा पल र नाजिरको मित्रताको कथा रहेको बुझिन्छ । 

जेठ ३ गते प्रदर्शनमा आउने यस फिल्म फिल्मलाई सुदीप बरालले खिचेका हुन् । फिल्ममा पल, नाजिर र वर्षासहित बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ ।
हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । 

फिल्ममा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् । नयाँ कथामा निर्माण भइरहेकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ । यस फिल्मको पहिलो भागमा नाजिसँगै दयाहाङ राई, अनुप विक्रम शाही, दीया पुन लिड रोलमा थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै