• २०८१ बैशाख ३१ सोमबार

कृषि विकास बैंकको संचालक समिति सदस्यमा रघुराम विष्ट नियुक्त 

kharibot

काठमाडौँ । कृषि बिकास बैंकको संचालक समितिले रघुराम विष्टलाई संचालक समितिको सदस्यमा नियुक्त गरेको छ ।

बैंकको संचालक समितिको बैठकले नेपाल सरकार कृषि तथा पशुपछी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्रिस्तर) निर्णय अनुसार उक्त मन्त्रालयका सहसचिव रघुराम विष्ट बैंक संचालक समिति सदस्यमा पदमा नियुक्ति गरेको हो ।

नवनियूक्त संचालक सदस्यलाई कृषि विकास बैंक संचालक समिति अध्यक्ष क्षेत्र बहादुर सेंजुवालले बैंकको केन्द्रिय कार्यालय, रामशाहपथ काठमाडौमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

सो अवसरमा कृषि विकास बैंक संचालक सदस्यहरु विष्णुप्रसाद नेपाल, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव निर्मल प्रसाद उपाध्याय र बैंकका प्रवक्ता हिमलाल पौडेलसमेत उपस्थित रहेको थियो ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै