• २०८१ बैशाख २६ बुधबार

राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता

kharibot

चीन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गर्यो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताइन् । उनले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भनी प्रशंसा गरिन् ।

उपप्रमुख तोशिहिरो निकाइले दुई मुलुकको सम्बन्ध सकारात्मक भएको र नेपालमा महिला सशक्तीकरणका प्रयासका उदाहरण महिला स्वयं राष्ट्रपति भएकोबाट प्राप्त हुने र यसबाट जापानले पनि सिक्न सक्ने बताए ।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै