• २०८१ बैशाख १७ सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरीको उद्घाटन

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी उद्घाटन गरेकी छन् ।

रानीपोखरी परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पुन:निर्माण गरिएको रानीपोखरीको उद्घाटन गरेकी हुन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरुलगायत अन्य उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थ्यियो ।

मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो । विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै