• २०८१ बैशाख १५ शनिबार

सुडानमा नागरिक–सैन्य संयुक्त सरकार बनाउने बारेमा छलफल

kharibot

खार्तुम । सुडानमा आन्दोलनकारी तर्फ र सैन्य शासक तर्फबाट संयुक्त रुपमा गठन गरिएको एक समितिले सोमबार प्रारम्भिक छलफल गरेको छ । 

वर्तमान सैनिक सरकारलाई विस्थापित गरी नागरिक–सैन्य संयुक्त परिषद् बनाउने बारेमा छलफल भएको समाचारमा जनाइएको छ । राष्ट्रपति कार्यालयमा भएको बैठकमा सहभागीहरूले छलफल सकारात्मक भएको बताएका संवाददाताहरूले जनाएका छन् । सुडानका प्रदर्शनकारी नेता र सैन्य शासकबीच संयुक्त नागरिक–सैन्य परिषद् गठन गर्नेबारेमा शनिबार सहमति भएको थियो ।

उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा यही अप्रिल ११ तारिखका दिन सैनिक नेतृत्वले तत्कालिन राष्ट्रपति ओमर अल बशिरलाई अपदस्त गरेपछि आन्दोलन चर्किदै आएको थियो । आन्दोलनकारीहरुले नागरिक सरकार गठन गरी अहिलेको सैन्य सरकारलाई विस्थापित गर्नु पर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए । 

उनीहरूको माग अनुसार सैन्य सरकारले मध्यमार्गी बाटो स्वरुप नागरिक–सैन्य संयुक्त परिषद् गठन गर्ने प्रस्ताव ल्याएको हो । परिषदमा कति प्रतिशत नागरिक प्रतिनिधित्व हुन्छ भन्नेबारेमा छलफल भइरहेको नेताहरुले बताएका छन् । 

नागरिक–सैन्य संयुक्त परिषद् गठन भएपछि सुडानको राजनीतिक अवस्था सुधार तर्फ जाने धेरैले अपेक्षा गरेका थिए । झण्डै तीस बर्षदेखि एकलौटी शासन गर्दै आएका बशिरलाई बर्खास्त गर्नुअघि पनि लामो समयदेखि सुडानमा आन्दोलन हुदै आएको थियो । 

पाउरोटी लगायतमा भारी मुल्यबृद्धि भएकाले मुल्यबृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गर्दै सुरु भएको आन्दोलन बशिरलाई पदमुक्त गर्नुपर्ने मागमा पुगेको थियो । त्यही आन्दोलनको पुष्ठभूमीका सेनाले बशिरलाई पदमुक्त गरेको थियो । 

त्यसपछि पनि नागरिकहरुले सैनिक सरकार आफुहरुको माग नभएको भन्दै नागरिक सरकार गठन गर्न माग गर्दै आन्दोलन चर्काउदै लगेपछि अहिले संयुक्त सरकार बनाउने परिस्थीति बनेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै