• २०८१ बैशाख ३१ सोमबार

राम्रो काम गर्दा राजपाले समर्थन फिर्ता लियो पुनः सरकारमा आउनुहोस् : प्रधानमन्त्री ओली 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राम्रो काम गरेको भन्दै त्यसलाई साथ दिनको लागि राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले विशेष गरी राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई पुनः समर्थन गर्न आग्रह गरेका हुन् ।

मजदुर दिवसको अवसरमा आयोजित कार्यत्रमलाई सम्बोधन गर्ने क्रममा उनले विशेष गरी सरकारले राम्रो काम गरी रहदाँ राजपाले सरकारले दिएको समर्थन फिर्ता लिएको बताए ।

उनले यतिबेला एकअर्काको आलोचना भन्दा एकजुट भएर मुलुकको विकासको लागि अघि बढ्नु पर्ने बताए । ‘सरकारले परिवर्तन मुलुकको समृद्धि चाहेको छ त्यसैले सबै राजनीतिक दल विकासका लागि एकजुट हुनुपर्छ,’ उनले भने । 

उनले राजपा अध्यक्ष राजेन्द्र महत्तोलाई सरकारलाई पुनः समर्थन गर्न आग्रह गरे । ‘मजदुरहरु एक भइसके त्यहाँबाट पाठ सिकेर हामी पनि एक हुनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले मुलुकको विकासको लागि राजनीतिक दल ,सरकार, व्यवसायी मजुदरहरु एक हुनुपर्ने बताए । अहिले एकले अर्काको आलोचना गर्ने समय नभएको भन्दै उनले भने,‘  

राजेन्द्रजीलाई सीमामा नाकाबन्दी गरेर डिजेल पेट्रोल रोकेर नेपालको विकास हुन्छ ? भनेर सोध्न सक्थे तर, सोध्दिनँ ।’ 

प्रधानमन्त्री ओलीले राजपालाई सरकारलाई दिएको समर्थन फर्काउन आग्रह गर्दै दुई पार्टी मिलेर काम गरौं भने ।

उनले मिलेर काम गर्दा काम पनि साझा हुने , समस्या पनि साझा हुने तथा उपलब्धी साझा हुने बताए । उनले वर्तमान सरकाले विगतका सरकारहरुले कल्पना समेत नगरेको काम गरेको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै