• २०८१ बैशाख १५ शनिबार

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या

kharibot

फाइल तस्बिर

काठमाडौँ ।  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । 

सोमबार दिउँसो सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुई अज्ञात सुटरले काठमाडौँको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् । 

गोली लागेपछि उपचारको लागि नजिकैको सिभिल अस्पताल लगिएको भएपनि डाक्टरले उनलाई मृत घोषणा गरेका छन् । सिभिल अस्पतालले अस्पताल ल्याउँदैमा गौचनको मृत्यु भइकसकेको बताएको छ ।

गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको अस्पतालले बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै