• २०८१ बैशाख २७ बिहीबार

पूर्वीनेपालका हिमाली क्षेत्रमा भोलिसम्म हेलिकोप्टर नउडाउन चेतावनी 

kharibot

काठमाडौं । राष्ट्रिय आपतकालिन उद्दार केन्द्रले पूर्वीनेपालका हिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउन सचेत गराएको छ ।

आपतकालिन उद्दार केन्द्रले शुक्रबार भारतमा आएको फानी चक्रावतको प्रभावले नेपालका पूर्वी हिमाली क्षेत्रमा हिमपात हुने र हावाहुरी चल्ने भएकाले सचेत रहन भनेको छ ।

केन्द्रले भनेको छ, 'पूर्बी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्नु नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनु हुन अनुरोध छ ।'

फानी नेपाल नभित्रिए पनि त्यसको प्रभाव भने नेपालमा पर्ने जानकारी दिएको छ ।

फानी तुफानका कारण शुक्रबार र शनिबार नेपालका विभिन्न भागमा चट्याङ पर्ने, तीव्र हावाहुरी चल्ने भएकाले सचेत रहन केन्द्र सचेत गराएको छ । 

मौसम बिभागले आइतबार देखि देशभर मौसममा क्रमिक सुधार आउने सम्भावना रहेको बताएको छ ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै