बारा । गएको चैत १७ गते आईतवार साँझ आएको भिषण आँधीहुरीका कारण बारा र पर्सामा भत्केका १४ सय ५३ वटा घर निर्माण गर्न शनिवार २ उपप्रधानमन्त्रि , ८ मन्त्री सहित मुख्य मन्त्रीले प्रभावित क्षेत्रमा एकै पटक शिलन्याश गरेका छन् ।
दुई उपप्रधानमन्त्री ईश्वर पोखरेल , उपेन्द्र यादव आठ मन्त्री , २ नं प्रदेश मुख्य मन्त्रीले शनिवार बारा र पर्साको आँधी प्रभावित क्षेत्रमा पूर्ण रुपमा क्षति भएका घरहरुको पुन: निमार्णको शिलन्याश गरेको हो ।
नेपाली सेनाले निर्माण गर्ने उक्त आवासको फेंटा गाँउपालिकाको पुरैनियामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले र अर्का उप प्रधान एवंम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बिरगंज महानगरपालिको चैनपुरमा शिलान्यास गरेका छन् ।
त्यस्तै प्रसौनी गाँउपालिका ४ खटुवाजग्दीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले महागढीमाई नगरपालिका ७ तेलगाईबाट भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्या कुमारी अर्यालले , सुवर्ण गाँउपालिका ४ हर्दियामा भौत्तिक पुर्वाधार तथा योजना मन्त्री रघुबीर महासेठले , पचरौता नगरपालिका ७ बेनौलीमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले शिलान्यास् गरेका थिए ।
त्यस्तै फेंटा गाँउपालिका १ भरवलीयामा शहरी विकास मन्त्री इश्तियाक राई फेंटा गाँउपालिका १ भलुहीमा महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापा , परवानिपुर ४ मा खानेपानी मन्त्री बीना मँगर , देवताल गाँउपालिका ७ रामपुर्वाबाट प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु गद्दी राउतले शिलन्यास् गरेका हुन ।
साथै पर्सा जिल्लाको २ स्थानको हकमा उपप्रधान एवंम् स्वास्थ्यमन्त्री यादवसँगै बिरगंज महानगरपालिका वडा नं २२ को जगरनाथपुरबाट उर्जा , जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले शिलन्यास गरेका थिए ।
आँधी प्रभावित क्षेत्रहरुमा नयाँ बन्ने घरको शिलन्यास् कार्यक्रममा २ उपप्रधान , ८ मन्त्री , २ नं प्रदेशका मुख्य मन्त्रीसँगै रक्षा सचिव रेश्मिराज पाण्डे सहिँत नेपाली सेनाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
सरकारले पुर्ण रुपमा क्षति भएका घरहरुको पुन: निमार्णको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिने यस अघि नैं निर्णय गरेसँगै शनिवार देखि पुर्न निमार्णको काम तिव्र गतिमा शुरु हुँने जनाईएको छ ।
आँधी प्रभावित क्षेत्रमा पुन: निमार्ण कै लागि झण्डै तीन हजार नेपाली सेना निर्माण क्षेत्रमा खटिसकेका छन् , भने सरकारले आँधी प्रभावित क्षेत्रमा पुर्ण रुपमा क्षति भएका घरहरुको पुन: निर्माणको लागि सात सय ५० जना ईन्जिनियर खटाएको छ
यसैबिच बाराको पुरैनियामा आयोजित जनता आवास बारा पर्सा निर्माण योजना शिलान्यास् कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षा मन्त्रि पोखरेलले हावाहुरी पिड्तिको भवन निर्माणका लागी नेपाली सेनालाई सरकारले उपलब्ध गराउँनु पर्ने सबै प्रकृया पुरा गरेको र सेनाले सबै तयारी पुरा गरेकोले सोही कामको आज देखी १२ प्रभावित स्थानमा प्रारभ्भ भएको बताए ।
उनले बर्षा अधि नै घर निर्माण सम्पन्न हुँने हुँदा यहाँ रहेका पिडितहरुको ऐलानी तथा पुर्जा बिहिन जग्गाहरु मिलाई सेनालाई घर निर्माणमा सहज बनाउँन प्रदेश सरकार र स्थानीय सरकारलाई निर्देशन दिए ।
नेपाली सेनाले आवश्यक योजना बनाई निश्चीत समय मैं आवास निर्माण गरी पिड्तिले आवास सुबिधा पाउने मन्त्री पोखरेलले बताउँदै सबैले एक जुट भएर लाग्न स्थानीयलाई आग्रह गरेका थिए ।
मुख्यमन्त्री लालबाबु राउतले बिपतको बेला प्रधानमन्त्री, प्रधान सेनापति, मुख्य सचिव र संघिय सरकारका मन्त्रीहरुले देखाएको सदभाव प्रती धन्यवाद व्यक्त गर्दै आवास निर्माणमा नितिगत निर्णय देखी हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।
पुनर्निर्माण कार्य सम्पन्न गर्न नेपाली सेनाले थाल्ने यस कार्यमा सेनाका साथै स्थानीय प्राविधिकहरुको समेत सहयोग रहने बताएको छ ।
बारा–पर्सा हुरी पीड्तिका लागि साउन १२ मा हस्तान्तरण गर्ने गरि सेनाले शनिवार देखी निर्माण थालेको छ । यसका लागि सेनाका २६ सय अधिकृत र जवान फिल्डमा खटाई सकेका छन् । सेनाले प्रति घरको लागत पाँच लाख ४५ हजार अनुमान गरेको छ ।