• २०८१ बैशाख १६ आइतबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर 

kharibot

काठमाडौँ । कृषि विकास बैंकले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।

कृषि विकास बैंकका संचालक समिति अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी क्षेत्र बहादुर सेजुवालले औपचारिक उदघाटन गरेका छन् । कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय, नेपालगंजका निर्देशक रामचन्द्र आचार्यको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय रहेका थिए । 

कार्यक्रममा प्रबन्धक घनश्याम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रतिष्ठानमा कार्यरत कर्मचारी, डाक्टर, नर्स, सेवाग्राही, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु र सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उक्त उदघाटन समारोहमा चन्दननाथ नगरपालिकाका नगर प्रमुख कान्तिका सेजुवाल, जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक सिताराम रिजाल,स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक धर्मराज गासाई, उद्योग वाणिज्य संघ जुम्मालका प्रतिनिधी गणेश रोकाकाय,निर्माण व्यवसायी संघ जुम्लाका अध्यक्ष गगन बुढथापा समेतको सहभागीता रहेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका सभापति र प्रतिष्ठानका निर्देशकले बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थीति सक्षम÷सवल बनाउनमा विशेष महत्व खेलेको र  आगामी दिनमा स्थानीय बासीहरुको मन छुने गरी अझ बढी प्रभावकारी सेवा उपलव्ध गराई गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त प्रतिष्ठानमा राखीएको एटिएम मेसिनको शुभारम्भ समेत बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेजुवाल र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संयूक्त रुपमा गरेका थिए ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेजुवालले बैंकले उपलव्ध गराएका सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु संचालन गर्ने सेमत बताए । कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्टको बारेमा जानकारी गराउंदै प्रतिष्ठान संगको सहकार्यलाई आगामी दिनमा अझ मजवुद बनाउंदै लैजानुका साथै स्थानीय जनता र प्रतिष्ठानको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै लग्ने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले प्रकाश पारेका थिए ।

त्यसै गरी बैंकका का.मु.उप–महाप्रबन्धक चुडामणी तिम्सनाले देशका यूवाशक्तिलाई कृषि विकास बैंक प्रति आकर्षण गर्ने गरी आफना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा  अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलव्ध गराएका थिए ।

कृषि विकास बैंकका क्षेत्रिय कार्यालय नेपालगंजका निर्देशक रामचन्द्र आचार्यले बैंकले अबका दिनमा प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्स, विरामी लगायत सेवाग्राहीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पार्दै बैंक प्रतिको विश्वास सदाकायम रहने बताए ।

सो उदघाटन कार्यक्रममा कृषि विकास बैंक लि. कर्जा असुली तथा अनुगमन विभागका विभागीय प्रमुख ध्रुवचन्द्र गौतम तथा शाखा कार्यालय जुम्मलामा कार्यरत कर्मचारीहरुको उपस्थिति समेत रहेको सो कार्यक्रमको संचालन कृषि विकास बैंक लि.शाखा कार्यालय जुम्लाका लेखपाल नविन काफलेले गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै