• २०८१ बैशाख १५ शनिबार

नेकपा र कांग्रेसलाई उपेन्द्र यादवको कटाक्ष– कम्युनिष्ट ‘कमाउनिस्ट’ र कांग्रेस दरिद्र बन्यो  

kharibot

काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टी, नेपालका कार्यसमितिका अध्यक्ष उपन्द्रे यादवले नेपालमा रहेका कम्युनिष्ट पार्टी ‘कमाउनिस्ट’ पार्टी बनेको बताए । 

राजधानीमा आयोजित नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम एकता कार्यक्रममा उनले कम्युनिष्ट अर्थात् विशेष गरी हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमाउने धन्दा तर्फ लागेको आरोप लगाए । 

उनले आफू पनि कम्युनिष्ट आन्दोलनमा लागेको भन्दै हालका कम्युनिष्ट पार्टी कम्युनिष्ट सिद्धान्तमा रही सञ्चालन नभएको बताए । ‘मैले पनि कम्युनिष्ट आन्दोलनमा साथ दिए तर अहिले आएर कम्युनिष्ट कमाउन तर्फ लाग्ये ,’ उनले भने । 

अध्यक्ष यादवले मुलुकमा संघीयता कम्युनिष्टले नभई मधेस आन्दोलनको उपज भएको बताए । ‘मधेशले संघीयता ल्यायो अहिले कम्युनिष्टले काँधमा बोक्ने काम गर्यो त्यही पनि गाह्रो भएको छ कम्युनिष्टलाई ,’ उनले भने ।
 
उनले राजतन्त्र मान्ने नेपालको कम्युनिष्ट पार्टी संसारको नमुना कम्युनिष्ट पार्टी भएको बताए । ‘कम्युनिष्ट पार्टी रे राजतन्त्र मान्दै हिड्छ अनि लोकतन्त्रमा छौं भन्यो भने आत्तिन्छ ,’ उनले भने । 

यादवले मुलुकमा राजनीतिक आन्दोलन सकियो भन्नु भ्रम रहेको बताए । राजनीतिक आन्दोलन केबल कम्युनिष्ट र नेपाली कांग्रेसको लागि मात्र सकियोको हो  उत्पीडित वर्ग , समुदाय, जातजाति , भाषाभाषी तथा समाजवादी पार्टीको लागि सकिएको छैन, उनले भने । 

अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट मिलेर मुलुकलाई २०४६ सालतिर धकेल्न खोजेको आरोप लगाए । ‘२०७६ अर्थात् लोकतन्त्रलाई कसरी २०४६ अर्थात् बहुदलीय प्रजातन्त्रतर्फ कसरी पु¥याउने भन्नेतर्फ कम्युनिष्ट र कांग्रेस लागेको छन्,’ उनले भने । 

नेकपा र कांग्रेसले लोकतन्त्र जोगाउन , सुरक्षित बनाउन तथा अघि बढाउन नसकेको अध्यक्ष यादवले दाबी गरे । ‘यी दुई पार्टीले लोकतन्त्रको रक्षा गर्न सक्दैन यसको रक्षा गर्ने भनेको समाजवादी पार्टीले हो ,’ उनले भने ।

उनले कांग्रेसको सिद्धान्त नै संवैधानिक राजतन्त्र भएको बताँउदै कांग्रेसले सो सिद्धान्तलाई लोकतन्त्र आए पछि पनि नछाडेको बताए । ‘मुलुकमा लोकतन्त्र आइसक्यो कांग्रेस राजतन्त्रको पक्षमा छ यो भनेको मुलुकलाई दरिद्रतातर्फ धकेल्ने काम हो,’ उनले भने । 

अध्यक्ष यादवले मुलुकमा समृद्धि ल्याउनको लागि पर्यटन , कृषि, उर्जा लगायतको क्षेत्रमा विकास गर्नुपर्ने बताए । ६० लाख भन्दा नेपाली युवाहरु कांग्रेसका कारणले गर्दा विदेशीनु परेको भन्दै उनीहरुलाई मुलुकमा रोजगारी दिएर रोक्नुपर्ने उनको भनाई छ । ‘ उदारीकरण र निजीकरणको नाममा हिजोको सरकारले उधोग कलकारखाना बन्द गराए ,’ उनले भने । 

आर्थिक , सामाजिक , भौतिक लगायतको क्षेत्रमा सुधारको लागि राज्य पुनसंरचना आवश्यक भएको उनको भनाई छ । उनले अबको समयमा राज्य पुनसंरचना र लोकतन्त्रको रक्षा केबल समाजवादी पार्टीले मात्र गर्न सक्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै