नेपालले विश्वकप क्रिकेट लिग-२ को पहिलो सिरिज किर्तिपुरमा खेल्ने  

खरीबोट

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलहरु आयोजनाका निम्ति कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।

भारतमा हुने सन् २०२३ को एकदिवसीय विश्वकप क्रिकेटको छनौट प्रक्रिया अन्तर्गत आइसीसीले यी सिरिजको घोषणा गरेको हो ।     

आईसीसीले जारि गरेको प्रेस रिलिज अनुसार नेपाल,ओमान र अमेरिका सम्मिलित सिरिज आगामी सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म (२०७६ माघ २२ देखि २९) किर्तिपुर क्रिकेट मैदानमा हुनेछ ।

आईसीसीले हालसम्म नेपालले प्रतियोगिताअन्तर्गत खेल्ने सुरुआती तीन सिरिजको मात्र स्थान टुंगो लगाएको छ ।

नेपालले फेब्रुअरी २०२० मा घरेलु मैदानमा सिरिज खेलेपछि नामिबिया र पपुवा न्यूगिनीमा अन्य दुई सिरिज खेल्नेछ । नामिबिया र नेपालसँगै स्कटल्यान्ड सम्मिलित सिरिज २०२० अप्रिल २० देखि २७ सम्म नामिबियामा हुनेछ । 

पीएनजीमा भने घरेलु टोलीसँगै यूएई र नेपाल सम्मिलित भएर सन् २०२० जुन ९ देखि १६ सम्म त्रिकोणात्मक सिरिज नै हुनेछ ।

आइसीसीका अनुसार त्यसपछि नेपाल, नामिबिया र स्कटल्यान्डले सन् २०२० को जुनमै अर्को सिरिज खेल्नेछन् । उक्त सिरिजको स्थान भने तय भएको छैन । 

नेपालले त्यसपछि जनवरी २०२१ मा ओमान र अमेरिका तथा फेब्रुअरी २०२१ मा यूएई र पीएनजीसँग खेल्ने कार्यक्रम रहेको छ ।

अगष्ट २०२१ मा अमेरिका र ओमानसँग सिरिज खेल्ने नेपालले नोभेम्बर २०२१ मा नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । नेपालले लिगको अन्त्य सन् २०२२ जनवरीमा यूएई र पीएनजीविरुद्ध सिरीज खेलेर हुनेछ ।

हरेक सिरिजमा नेपालले दुवै देशसँग २-२ पटक वान डे खेल खेल्नेछन् । त्यसबाहेक टोलीले अन्य खेल खेल्ने सम्भावना पनि रहन्छ । विश्वकप लिग २ अन्तर्गत हरेक टोलीले ३६ खेल खेल्नेछन् ।

यस प्रतियोगिताको शीर्ष ३ टोलीले आइसीसी विश्वकप छनोट २०२२ मा सिधै स्थान बनाउनेछन् । पुछारका ४ टोली भने विश्वकप छनोटको प्लेअफमा पुग्नेछन् ।

सम्बन्धित समाचार

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा पटवाल नियुक्त

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषदको पहलमा आईसीसीले पटवाललाई नेपालको प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । यसअघि नेपाली टोलीको

क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा चार नेपाली क्रिकेटर  

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको पहिलो ड्राफ्टमा चार नेपाली खेलाडी समावेश भएका छन् । यहि मे २२ मा लन्डनमा हुने खेलाडीको अक्सनका लागि नेपालका चार खेलाडी सन्दीप लामिछाने, दिपेन्द्र

छनौट खेलका लागि यू-१९ नेपाली क्रिकेट टिमको यस्तो तयारी (फोटो फिचर)

काठमाडौँ । आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुने अन्डर १९ विश्वकप छनौटको एशिया क्वालिफायर खेल्न मलेसिया पुगेको नेपाली यू-१९ टिमले अहिले अभ्यासमा व्यस्त रहेको छ ।  नेपाली टिमले मलेसियामा

सन्दीप लामिछाने बने क्रिकेटर अफ द इयर 

काठमाडौं । क्रिकेट खेलाडी संघ (सिप्यान) को आयोजनामा भएको पहिलो सीप्यान क्रिकेट अवार्ड २०१९ मा सन्दीप लामिछानेले बर्षको उत्कृष्ट क्रिकेटरको अवार्ड जितेका छन् । सन्दीपले मनोनयनमा रहेका दीपेन्द्र सिंह ऐरी, करण


z