• २०८१ बैशाख १४ शुक्रबार

स्वरेजको घुडाको अप्रेशन हुदै, कोपा फाइनल खेल्ने अनिश्चित ! 

kharibot

काठमाडौँ । बार्सिलोनाका उरुग्वेयन स्ट्राइकर लुइस स्वरेजको घुडाको अप्रेशन गरिने भएपछि कोपाको फाइनलमा खेल्ने अनिश्चित बनेको छ ।

बार्सिलोनाले स्वरेजको घुडामा समस्या आएपछि उनको अप्रेशन गरिने जनाएको छ । तर बार्सिलोनाले स्वरेज कहिले ठिक भएर मैदानमा फर्किन्छन् भन्ने बारे भने केहि बताएको छैन । क्लबले अप्रेशन पछिको अवस्था हेरेर स्वरेजको मैदानमा फर्किने समय बारे जानकारी गराउने जनाएको छ ।  

यस्तो अप्रेशनमा मैदानमा उत्रिन कम्तिमा तीन साताको समय लाग्ने बताइएकाले आगामी मे २५ मा भलेन्सियासँग हुने कोपा डेल रेको फाइनलमा स्वरेज खेल्ने अनिश्चितता बढेको हो । 

स्वरेजको इन्जुरी समस्याले उरुग्वेको कोपा अमेरिका समेत प्रभावित हुने आशंका गरिएको छ ।  आगामी जुन १६ मा कोपा अमेरिकामा उरुग्वेले इक्वेडरको सामना गर्दै छ । 

स्वरेजले यस सिजनमा बार्सिलोनाका लागि कुल ४९ खेल खेल्दै २५ गोल गरेका छन् । उनी बार्सिलोनामा मेसीपछि धेरै गोल गर्ने खेलाडी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै