• २०८१ बैशाख १५ शनिबार

भ्रष्टाचारको आरोपमा प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा दायर

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राजपुर र सतबरियालगायत विभिन्न सामुदायिक वन उपभोक्ता समितिबाट प्राप्त भएको काठ हिनामिना गरेको आरोपमा साधारण उच्च माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विद्यालयलाई प्राप्त भएको काठ विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोगेन्द्रसिंह राजपूतले बिक्री वितरण गरी हिनामिना गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

सामुदायिक वन उपभोक्ता समितिबाट प्राप्त एक हजार ७९२ क्युफिट सालको काठ, असना र विद्यालय परिसरमा रहेका आँप र सिमलका रुख बिक्री गरेको पाइएको छ ।

विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षले रु ११ लाख ४५ हजार बराबरको भ्रष्टाचार गरेको आरोपमा बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए । 

यस्तै आयोगले आजै जिल्ला स्वास्थ्य कार्यालय रोल्पाअन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत विमला विष्टलगायतको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै