इभान राकीटिकले बार्सिलोना छोड्ने ! 

खरीबोट

काठमाडौँ । क्रोसियाका मिडफिल्डर इभान राकीटिकले बार्सिलोना छोड्ने भएका छन् । राकीटिक इटालियन सिरी ए क्लब इन्टर मिलान जान लागेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । 

पाँच सिजन बार्सिलोनामा खेलेका राकीटिक इन्टरमिलान जाने लगभग तय भएको मिडिया रिपोर्टमा बताइएको छ । राकीटिक ५० मिलियन युरोमा इन्टर मिलन जान लागेको गोल डटकमले उल्लेख गरेको छ ।

२०१४-१५ सिजनमा स्पेनिस क्लब सेभिल्लाबाट बार्सिलोना आएका राकीटिकको बार्सिलोनामा अत्यन्त सफल क्यारियर रहेको छ ।

राकीटिकले बार्सिलोनामा ५ सिजनमा कैयौ उपाधि जित्न सफल भएका छन् । बार्सिलोनाका लागि २६५ खेल खेलेका राकीटिकले ३५ गोल समेत गरेका छन् ।

बार्सिलोनामा ५ सिजनमा ४ ला लिगा उपाधि, ४ कोपा डेल रे उपाधि, एक च्याम्पियन्स लिग उपाधि, एक फिफा विश्व कप, दुई सुपर कोपा स्पेन र एक युइएफए सुपर कोपाको उपाधि जितेका छन् ।

३१ बर्षिय राकीटिक बार्सिलोनामा रहदा नियमित रुपमा बार्सिलोनाको प्लेइङ एघारको महत्वपूर्ण हिस्सा रहेका छन् । गत सिजनमा फ्रेन्च क्लब पिएसजीले राकीटिकलाई सय मिलियन युरोको अफर गर्दा बार्सिलोनाले सो अफर अस्विकार गरेको थियो ।

यस सिजनमा बार्सिलोनामा अयाक्सका स्टार फ्रेन्की डी जोंग आउने भएकाले पनि राकीटिक बार्सिलोनाबाट बाहिरिने भएको बताइएको छ ।

इन्टरमिलनले राकीटिकसँगै चेल्सीका पुर्व म्यानेजर एन्टोनियो कोन्टेलाई भित्राउने तयारी गरेको बताइएको छ ।

सम्बन्धित समाचार

रियलको प्रशिक्षणमा ‘जापानिज मेसी मेनिया', पछुताउदै बार्सिलोना

काठमाडौँ । ‘जापानिज मेसी’ उपनामले चर्चित युवा जापानिज मिडफिल्डर टेकेफुसा कुबो अहिले रियल म्याड्रिडको सिनियर टिमसँग अमेरिका टुरमा रहेका छन् । अमेरिका टुरको परी-सिजन प्रशिक्षणका क्रममा कुबोको निकै तारिफ भइरहेको

अन्तत: नेइमार पिएसजीसँग प्रशिक्षणमा, बार्सिलोना जाने हल्ला कायमै  

काठमाडौँ । ब्राजिलका फुटबलर नेइमार अन्तत: पिएसजीको प्रशिक्षणमा फर्किएका छन् । फ्रेन्च मिडियाका अनुसार नेइमारले सोमबारदेखि पिएसजीको प्रशिक्षणमा सहभागी भएका हुन् । आफ्नो पुर्व क्लब बार्सिलोना फर्किने हल्लाका बीच नेइमार पेरिस फर्किएका

बार्सिलोनामा च्याम्पियन्स लिग जित्न चाहन्छु – ग्रीजम्यान 

काठमाडौँ । एन्टोनी ग्रीजम्यानले बार्सिलोनामा १७ नम्बरको जर्सी लगाउने भएका छन् । गएराती बार्सिलोनाको घरेलु मैदानमा ग्रीजम्यानको अफिसियल स्वागत गरिएको थियो । बार्सिलोनासँग औपचारिक सम्झौता गर्दै ग्रीजम्यानलाई बार्सिलोनामा स्वागत गरिएको

बार्सिलोनाबाट खेल्ने ग्रीजम्यानको सपना पुरा

काठमाडौँ । बार्सिलोनाले लामो प्रयासपछि फ्रेन्च फुटबलर एन्टोनी ग्रीजम्यानलाई सेन गरेको छ । बार्सिलोनाले ग्रीजम्यानलाई १२० मिलियन युरोमा साइन गरेको छ । बार्सिलोनाले एथलेटिकोलाई ग्रीजम्यानलाई भित्र्याउन एथलेटिकोको शर्त अनुसार पुरै रकम


z