• २०८१ बैशाख १४ शुक्रबार

बाजुरामा १४ हजार ६६० लिटर घरेलु मदिरा नष्ट

kharibot

बाजुरा । जिल्ला प्रहरी कार्यालयले सात महीनाको अवधिमा ठूलो परिणममा घरेलु मदिरा नष्ट गरेको छ । गएको असोजदेखि आजसम्म अबैधरूपमा बेच्न राखिएका १४ हजार ६६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको बताइएको छ ।

कार्यालयले अवैधरूपमा  मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्ने उद्देश्यले चलाएको अभियानअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीको सक्रियातमा उक्त परिणामको मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिए ।

मदिराकै कारण प्राय: श्रीमान्–श्रीमतीबीच झगडा हुने, समयमा काममा जान नपाउने, बालबालिकाको पढाइमा बाधा पुग्ने र घरपरिवारका साथै समाजमा समेत असर परेको बडीमालिका नगरपालिका–९ की महिला वडा सदस्य तुला विष्टले बताए ।

जिल्लामा हुने अपराधबारे अनुसन्धान गर्दै जाँदा जाडरक्सी सेवन, विकृतिको मुख्य कारकको रुपमा रहेको पाइएकाले मदिरा उत्पादन र सेवनलाई निरुत्साहित गर्ने अभियान चलाइएको डिएसपी उद्धवसिंह भाटको भनाइ थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै