रुरु गाउँपालिका जिल्लामै पहिलो पूर्ण विद्यार्थी भर्ना घोषणा

खरीबोट

तम्घास । गुल्मीको रुरु गाउँपालिकाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् । उक्त गाउँपालिकाले यस शैक्षिकसत्रमा सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने योजना बनाएको थियो । 

सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले एक महीना गाउँगाउँमा भर्ना अभियान सञ्चालन गरेको थियो । विद्यालय उमेर समूहका सबै बालबालिका भर्ना भएपछि गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी पूर्ण बालबालिका भर्ना गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले बताए । 

जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये रुरुले मात्रै पूर्ण भर्ना घोषणा गरेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामबहादुर थापाले बताए ।

उक्त गाउँपालिकामा ४३ सामुदायिक र संस्थागत तीन गरी ४६ विद्यालय छन् । नयाँ शैक्षिकसत्रसँगै उक्त गाउँपालिकाले गाउँगाउँमा विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर भए-नभएको तथ्याङ्क सङ्कलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । 

गाउँपालिकाका विद्यालय उमेरका बालबालिकालाई विद्यालय भित्र्याउन शिक्षा समिति र गाउँपालिकाभित्रका प्रधानाध्यापकको बैठक बसेको थियो । 

बैठकले भर्ना सुनिश्चित गर्नका लागि विद्यालय र वडा कार्यालयले तल्लो तहबाट निर्णय गरी गाउँपालिकामा पठाएपछि मात्र अभियान सञ्चालन गरिएको स्रोत व्यक्ति वामदेव ज्ञवालीले बताए ।

गाउँगाउँमा अभियान सञ्चालन गर्दा विद्यालयमा नियमित नआउने तथा पढ्दापढ्दै बीचमै विद्यालय छाडेका बालबालिका फेला परे पनि विद्यालय नगएका बालबालिका नभेटिएको वडा नं ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए । 

अभियानकै क्रममा विद्यालय अनियमित हुने तथा बीचमै छोड्ने आठ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको उनले जानकारी दिए । चालू आर्थिक वर्षमा उक्त गाउँपालिकाले झण्डै रू एक करोड शिक्षा क्षेत्रमा खर्च गरेको छ ।  
 

सम्बन्धित समाचार

गुल्मीमा झाडापखाला नियन्त्रणमा आएन, बिरामीको सङ्ख्या १६०

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित वडागाउँको दजाकोटमा दूषित पानीका कारण गत आइतबारदेखि फैलिएको झाडापखाला शनिबारसम्म नियन्त्रणमा आउन सकेको छैन । झाडापखालावाट बिरामी हुनेको सङ्ख्या आज अपरान्हसम्म १६० पुगेको उपचारमा

गुल्मीको मुसिकोटमा दूषित पानी पिउँदा ९८ जना बिरामी

तम्घास । गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ बिरामी परेका छन् ।  बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य

गुल्मीमा हचुवा र पहुँचका भरमा योजना छनोटको आरोप

तम्घास । आवश्यकताको पहिचान नगरी हचुवा र पहुँचको भरमा सङ्घ र प्रदेशबाट योजना छनोट हुने गरेको भन्दै गुल्मीका स्थानीय तहका प्रमुख तथा अध्यक्षले गुनासो गरेका छन् । उनीहरुले गाउँपालिका र नगरपालिकामा सञ्चालन

गुल्मीमा जीप दुर्घटना, दुईको मृत्यु

गुल्मी । गुल्मीको वामी मैदानमा जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । ग १ च ८३५७ नंको जीप मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करीब १५० मिटर तल खसेर दुर्घटना भएको हो


z