• २०८१ बैशाख १८ मंगलबार

गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित

kharibot

तम्घास (गुल्मी)। पछिल्लो समय गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । 

कम लागतमा बढी उत्पादन हुनुका साथै उखुबाट गुँड र खुदो बनाएर बेच्न सकिने भएपछि यहाँका किसान उखुखेतीतर्फ आकर्षित भएका हुन् । जिल्ला गुण र खुदोको लागि प्रख्यात मानिन्छ । 

देशका ठूला सहरका साथै विदेशी बजारमा गुल्मीको गुँड तथा खुदोको माग बढ्न थालेको स्थानीय बताउँछन् । विगतका वर्षमा किसानले परम्परागत खेती गर्दै आएकामा पछिल्लो समय भने उखुको व्यावसायिक खेती गर्दै आएका छन् । 

कतिपय कृषिजन्य सामग्रीले बजार नपाइरहेका बेला उखुबाट बनेका गुँड र खुदोलाई भने बजारको कुनै समस्या नहुँदा जीविकोपार्जनमा सहजता मिलेको किसान चोलनाथ ज्ञवालीले बताए ।

“पहिले–पहिले बजारको समस्या थियो । अहिले भने कुनै समस्या छैन”, उनले भने, “उखुबाट बनाउने गुँड र खुदो बेचेर घरखर्च सहजरुपमा भइरहेको छ ।” 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै