• २०८१ बैशाख २६ बुधबार

अक्षयकुमारसँग बलिवुडमा डेभ्यु गर्ने तयारीमा मिस वर्ल्ड मानुषी ! 

kharibot

मुम्बई । सन् २०१७ की मिस वर्ल्ड मानुषी चिल्लरले बलिवुडमा डेभ्युको तयारी गरेकी छन् ।

फिल्म फेयरका अनुसार मानुषीले सुपरस्टार अक्षयकुमारसँग बलिवुडमा डेभ्यु गर्न लागेकी हुन् ।

मानुषीले यस राज फिल्म्सले निर्माण गर्न लागेको पिरियेडीक ड्रामाबाट डेभ्यु गर्ने भएकी छन् । पृथ्वीराज चौहानको जीवनीमा बन्न लागेको यस फिल्ममा डेभ्यु गर्दै यस अघिका भारतीय मिस वर्ल्ड ऐश्वर्या राय र प्रियंका चोपडाको बाटोमै बलिवुडमा आफ्नो क्यारियर बनाउन थालेकी हुन् ।

फिल्ममा मानुषीले अक्षयकुमारको श्रीमतीको भूमिका निभाउने बताइएको छ । यसराज फिल्म्सले फिल्मको घोषणा छिट्टै गर्ने बताइएको छ ।     

मानुषीले यस अघि साजिद नाडियावालाले निर्माण गर्न लागेको तेलेगुको सुपरहिट फिल्म आरएक्स १०० को रिमेकमा आयान शेट्टीसँग डेभ्यु गर्ने तयारी गरेकी थिइन् । तर डेभ्यु कलाकारसँग क्यारियर शुरु गर्दा बढी प्रेसर हुने भएकाले मानुषीले स्थापित कलाकारसँग डेभ्यु गर्ने निर्णय गरेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै