रुकुम पूर्वबाट हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार

खरीबोट

रुकुम पूर्व । पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।

स्थानीयवासी २० वर्षीया मिलना मल्लको आज नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको हो । 

चारगाउँस्थित रिवाङचौर स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उहाँलाई हेलिकप्टरमा भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले बताए ।

सुत्केरी व्यथा लागेपछि उहाँलाई गत वैशाख ३० गते स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । तीन दिनसम्म सुत्केरी हुन नसकेपछि मल्ललाई जिल्ला प्रशासन कार्यालयको रोहवरमा हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सडक सुविधा नहुँदा दुर्गम गाउँका सुत्केरीको अस्पताल पुर्‍याउन नपाउँदै बाटोमै ज्यान जाने गरेको छ ।  
 

सम्बन्धित समाचार

४५ प्रतिशत घरमै सुत्केरी

जुम्ला / जुम्लाको पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अझै घरमा सुत्केरी हुने गरेका छन् । परम्परागत सोचाइ, अन्धविश्वास र रूढीवादी चिन्तनका कारण महिला अझै घरमै सुत्केरी हुने गरेका हुन् । करीब

स्थानीय तहको सफलता : सुरक्षित सुत्केरी सङ्ख्यामा वृद्धि

जाजरकोट । दुर्गम बारेकोट गाउँपालिकामा पछिल्लो समय महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित ढङ्गबाट सुत्केरी गराउने क्रम बढ्न थालेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नरहने र

सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’

पर्वत  / पर्वत  महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरेको छ । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढङ्गबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न

स्वास्थ्य चौकीमा खानेपानी अभाव हुँदा सुत्केरीसेवा प्रभावित

डडेल्धुरा  / डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ । जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान सुकेर पानीको सतह


z