नेकपाको पोलिटब्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन आइतबार

खरीबोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन आगामी आइतबार टुङ्गो लगाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले अन्तिम निर्णय गर्न नसकेपछि जेठ ५  लाई सारिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

बैठकले २० भन्दा बढी जनवर्गीय सङ्गठनको एकता  भने टुङ्गाएको छ ।

मदननगरमा पार्टीले शुक्रबार बिहान आयोजना गर्न लागेको मदन–आश्रित स्मृति दिवसमा २२ वटै जनवर्गीय सङ्गठनको नेतृत्व घोषणा हुने बताइएको छ ।

गत वर्ष जेठ ३ गते  नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीच  एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र  केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भियतनाम र कम्बोडियाको भ्रमण सकेर आएपछि आज सचिवालय बैठक बसेको थियो । नेकपाले शुकबार बिहान 

८ बजे तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।
 

सम्बन्धित समाचार

सरकारको आलोचना गर्ने बेला भइसकेको छैन : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको यो आधार वर्ष भएकाले आलोचना गर्ने बेला भइनसकेको बताएका छन् । उनले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा

जबजको गहन अध्ययन आवश्यक छ – मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले जनताको बहुदलीय जनवादका बारेमा गहिरो अध्ययन गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा कास्कीद्वारा छब्बिसौँ मदन–आश्रित स्मृति

नेकपाका २१ जनबर्गिय संगठनमा नेतृत्वको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन

नयाँ कदम चाल्ने आँट गरेकाले पार्टी एकता सम्भव भयो – प्रचण्ड 

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले प्राप्त उपलब्धीलाई सम्मान गर्दै युग सुहाउँदो विचार अघि सार्नु पर्ने बताएका छन् । मदन आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले


z