• २०८१ बैशाख १४ शुक्रबार

नयाँ कदम चाल्ने आँट गरेकाले पार्टी एकता सम्भव भयो – प्रचण्ड 

kharibot

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले प्राप्त उपलब्धीलाई सम्मान गर्दै युग सुहाउँदो विचार अघि सार्नु पर्ने बताएका छन् ।

मदन आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विगतका उपलब्धिलाई संस्थागत गर्दै नयाँ ढंगले पार्टी एकता गरेको बताए ।

उनले भने, 'विचारलाई दम्भका रुपमा लिएको भए एकता हुने नै थिएन । हामीले अन्धो भएर पार्टी एकता गरेका होइनौं । हामी नयाँ प्रक्रियामा जाँदैछौं।' 

जनताको बहुदलिय जनवादलाई पनि बैज्ञानिक समाजवादतर्फ लैजानुपर्ने उनले बताए ।

प्रचण्डले विचारको विकास गर्ने आँट गर्ने र रणनीतिको पनि अझै विकास गर्ने आँट गरेर अगाडी बढ्नु पर्ने बताए ।

पार्टी एकता गर्दा दुई अलग अलग धारलाई एक ठाउमा ल्याएर एकता भएको बताउदै वर्तमान नेतृत्वले नयाँ कदम चाल्ने आँट नगरेको भए पार्टी एकता हुने थिएन भने ।

मदन भण्डारीको विचारलाई कुनै ग्रन्थको रुपमा होइन एउटा विचारको रुपमा बुझेर परिस्थिति अनुसार अगाडी बढ्ने आँट गरेकाले नै पार्टी एकता भएको प्रचण्डले बताए ।

तत्काल समाजवादमा पुग्ने स्थिति नभएको भन्दै त्यसका लागि सहि धरातल र सचेत प्रयत्नबाट मात्र पुग्न सकिने प्रचण्डले बताए । अहिले समाजवादमा पुग्ने आधार तयार गर्ने समय भएको भन्दै संविधानमै समाजवाद उन्मुख देश बनाउने उल्लेख भएकोले त्यसको आधार बनाउने थालनी त्यहिबाट भएको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै