• २०८१ बैशाख २९ शनिबार

नरेन्द्र मोदी फेरी प्रधानमन्त्री हुने एक्जिट पोलको अनुमान   

kharibot

काठमाडौँ । भारतमा सात चरणको लोकसभा निर्वाचन आज सकिएसँगै एक्जिट पोलको नतिजा सार्वजनिक भएको छ ।

बिभिन्न समाचार संस्था र एजेन्सीहरुले गरेको एक्जित पोलले नरेन्द्र मोदी फेरी भारतको प्रधानमन्त्री बन्ने अनुमान गरेका छन् ।

यस लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडीएले स्पष्ट बहुमत ल्याउने सबै जस्तो एक्जिट पोलले अनुमान गरेका छन् ।       

टाइम्स नाउ र भीएमआरको एक्जिट पोलले बिजेपी गठबन्धनका पक्षमा ३०६ सिटको अनुमान लगाएको छ भने कांग्रेस गठबन्धनले १३२ सिट ल्याउने दाबी गरेको छ । त्यस्तै अन्य दलले १०४ सिट ल्याउने दाबी टाइम्स नाउ र भीएमआरले गरेको छ।

त्यस्तै इंडिया न्यूजको एक्जिट पोलका अनुसार बिजेपी गठबन्धनले २९८ र काँग्रेसको ११८ र अन्यको १२६ सिट जित्ने अनुमान गरेको छ ।

त्यस्तै सी-भोटर- रिपब्लिकको एक्जिट पोलका अनुसार बिजेपी गठबन्धनले २८७ सिट, काँग्रेसले १२८ र अन्यले १२७ सिट जित्ने अनुमान गरेको छ ।

त्यस्तै न्युज-नेशनको एक्जिट पोलले अनुसार बिजेपी गठबन्धनले २८२-२९०, काँग्रेसले ११८-१२६ र अन्यले १३०-१३८ सिट जित्ने अनुमान गरेको छ ।                     

५४३ स्थानका लागि भएको लोकसभा निर्वाचनको अन्तिम नतिजा मे २३ मा सार्वजनिक हुनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय