काठमाडौँ । दुइपाङ्ग्रे र तिनपाङ्ग्रे सवारी साधनउत्पादनमा टिभीएस विश्वमा नै प्रसिद्ध नाम हो । टिभिएसको सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० को लोकप्रियता बढिरहेको छ ।
गत भदौमा नेपालमा लन्च गरेको अपाचे आरआर ३१० लाई नेपाली मोटरसाइकलका पारखीले निकै रुचाएको देखिएको छ । यस रिपोर्टमा अपाचे आरआर ३१० का केहि विशेषताबारे चर्चा गर्न खोजिएको छ ।
टिभीएस मोटर कम्पनीको, टिभीएस अपाचे आर आर ३१०, टि भी एस अपाचे स्टेबलको पछिल्लो प्रस्तुति हो । टिभीएस अपाचे आर आर ३१०, आकर्षक डिजाइन, सुपर शक्तिशाली इन्जिन, सर्वोउत्कृस्ट पर्फर्मेन्स र राइडिड्ड डाइनामिक्सले भरिपूर्ण मोटरसाइकलहो. रेजर सार्प ह्याण्डलिङ्ग र सुपेरियर प्रविधि भएको मोटरसाइकल हो ।
टिभीएस अपाचे आरआर ३१०, ३१२ सीसी सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन, जसमा ३४ पीएस २९७०० आरपीएम र २७.३ एनएमआर पीएम रहेको छ ।
सटिक रेस शिफ्टको अबुभव गर्न सकिने ६–स्पिड गियर बक्स भएको यो मोटरसाइकलको अधिकतम स्पिड १६० किलोमिटर प्रति घण्टा रहेको छ जसले ०–६० किलोमिटर प्रति घण्टाको स्पिड मात्र २.९ सेकेन्डमा पुरा गर्दछ । एडभान्स एरोडाइनामिक्स प्याकेज यो सेगमेण्टको मोटर साइकलमाकमै मात्र प्रयोग गरिएको छ ।
त्यस्तै टिभिएस रेसिङको ३५ वर्ष लामो निरन्तर परिश्रमपछि टिभिएस अपाची ३१० एक नयाँ स्वरुपका साथ बजारमा आएको हो । सिधा बाटोमा बाइकको शक्तिको प्रभाह बढाउन लाइट वेट ट्रेलिस फ्रेम चेसिस, घुम्तिमा बाइकको गतिमा असर नपर्न फ्लेक्सको प्रयोग गरिएको छ । जसले गर्दा बाइकको गतिशीलतालाई कायम राख्छ बहने यस बाइकको बर्गमा पर्ने अन्य बाइक भन्दा यसलाई राम्रो बनाउछ ।
यस बाइकमा रिभर्स इन्काइन डिओएचसी इन्धन र एलसीओसी प्रविधिको समीश्रण पाइन्छ । यसको कम्प्याक्ट लेआउटले सहि पावर तो वेट अनुपात र वजन केन्द्रिकरणमा मदत गर्दछ ।
टिभिएस.अपाचीआर आर ३१० निकै आकर्षक र स्पोर्टि डिजाइन देखिने गरि उत्पादन गरिएको छ जसमाउत्कृट कुषलता छ र चलाउदा निकै आरामदाय बनाउछ ।
यसमा भएको थर्मल म्यानेजमेन्ट सिस्टम र स्पेसल गिल प्रोफाइलले चालकको खुट्टामा पर्ने तातोपनालाई बचाउछ र इन्धनको तातोपनालाइ चिसो बनाउन मद्दत गर्दछ ।
यस बाइकमा मोटो जीपी विषेशज्ञद्वरा जाँच र ट्युन्ड गरिएको रेस स्पेक केवाइबि सस्पेन्सन जडान गरिएको छ । यस बाइकमा एन्टी लक बार्किंग सिस्टम र इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम रहेको छ ।
यो मोटरसाइकल रेसिङ रेड र सिनिस्टर ब्ल्याक गरि दुइ आकर्षक रङमा पाइनेछ । नेपाली बजारमा यस बाइकको मुल्य ७ लाख ७९ हजार ९ सय रहेको छ ।