• २०८१ बैशाख १५ शनिबार

बलिवुड सेलिब्रेटीको चुनाव : कसले जिते, कसले हारे 

kharibot

मुम्बई । भारतको राजनीतिमा बलिवुड सेलिब्रेटीको पनि निकै चर्चा हुने गर्दछ । कैयौ सेलिब्रेटीले आफ्नो राजनीतिक यात्रा निर्वाचनका बेलामा शुरु गर्ने गर्दछन । यसै बीच हालै भारतमा सम्पन्न निर्वाचनमा कुन बलिवुड सेलिब्रेटीले जिते या हारे भन्ने विषयमा चर्चा गर्दै छौ ।

एक समयकि चर्चित अभिनेत्री हेमा मालिनीले बिजेपीबाट उत्तर प्रदेशको मथुरा क्षेत्रबाट २ लाख ९० हजार भन्दा बढी मत ल्याएर विजयी भएकी छन् । उनी यस अघि पनि सोहि क्षेत्रबाट निर्वाचित सांसद थिइन् ।

त्यस्तै बलिवुड अभिनेता सन्नी देओलले पनि आफ्नो राजनीतिक यात्राको सुखद शुरुवात गरेका छन् । देओलले पंजावको गुरुदासपुरबाट ८२ हजार मत बढी ल्याएर जित हासिल गरेका छन् ।

त्यस्तै भोजपुरी फिल्मका अभिनेता मनोज तिवारीले दिल्लीबाट अत्याधिक मत ल्याएर विजयी भएका छन् । उनले काँग्रेसकी शसक्त उम्मेदवार र तीन पटक दिल्लीकि मुख्यमन्त्री रहेकी शीला दिक्षितलाई पराजित गरेका छन् ।

त्यस्तै भोजपुरी फिल्मका अभिनेता रवी किशनले पनि उत्तर प्रदेशको गोरखपुरबाट जित हासिल गरेका छन् । भोजपुरी फिल्मकै अर्का चर्चित अभिनेता निरुह्वा भने समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग फराकिलो मत अन्तरले पराजित भएका छन् । 

त्यस्तै बंगला फिल्मकी अभिनेत्री तथा टेलिभिजन कलाकार मिमि चक्रवर्तीले तृणमूल कांग्रेसबाट २ लाख ९५ हजार मत बढी ल्याएर विजयी भएकी छन् ।

त्यस्तै अभिनेत्री लाकेट चटर्जीले भाजपाबाट उम्मेदवार बन्दै पश्चिम बङ्गालको हुगलीबाट ७२ हजारभन्दा बढी मत अन्तरले जित हासिल गरेकी छन् ।

बलिवुड अभिनेत्री किरण खेरले बिजेपीबाट उम्मेदवार बन्दै दोस्रो पटक लोक सभा निर्वाचनमा चण्डीगढबाट ४६ हजारभन्दा बढी मत अन्तरले जित हासिल गरेकी छन् ।

बंगला फिल्मकी अभिनेत्री नुसरत जँहाले पश्चिम बङ्गालको बशीरहाट क्षेत्रबाट तृणमूल कांग्रेसबाट उम्मेदवार बन्दै ३ लाख ३६ हाजर मत अन्तरले जित हासिल गरेकी छन् ।

त्यस्तै गायक बाबुल सुप्रियोले अभिनेत्री मुनमुन सेनलाई पराजित गर्दै बिजेपीबाट चुनाव जितेका छन् ।

यस निर्वाचनमा बिजेपी छोडेर काँग्रेसबाट उम्मेदवार बनेका अभिनेता शत्रुघन सिन्हा भने भरि मत अन्तरले पराजित भएका छन् । सिन्हा बिजेपीका रवी शंकर प्रसादसँग पराजित भएका हुन् । त्यस्तै सिन्हाकी पत्नी पनि लखनउबाट फराकिलो अन्तरले पराजित भएकी छन् ।

त्यस्तै मोदीका कट्टर विरोधीका रुपमा चिनिएका फिल्म अभिनेता प्रकाशराज बंग्लुरु सेन्ट्रलबाट ५ लाख ७३ हजार मत अन्तरले पराजित भएका छन् ।

त्यस्तै काँग्रेसबाट उम्मेदवार बनेकी अभिनेत्री उर्मिला मातोड़कर पनि पराजित भएकी छन् भने काँग्रेसबाटै उम्मेदवार बनेका अर्का अभिनेता राज बब्बर पनि फराकिलो मत अन्तरले पराजित भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय