काठमाडौँ । फ्रेन्च लिग वानको अन्तिम खेलमा पिएसजी पराजित भएको छ । गएराती सम्पन्न खेलमा पिएसजी रेइम्ससँग ३-१ गोल अन्तरले पराजित गरेको हो । रेइन्सले सन् १९७८ पछि पिएसजीविरुद्ध ठुलो जित निकालेको छ ।
रेइन्सको जितमा बाबा रहमान, माथीयू काफारो र चाभारियाले एक एक गोल गरेका थिए भने पिएसजीका लागि किलियन एम्बाप्पेले एक गोल गरेका थिए ।
यस खेलमा पिएसजीका लागि नेइमार सस्पेन्ड भएका कारण खेलेका थिएनन् । पिएसजीले यस सिजनको लिग उपाधि जितिसकेको भएपनि हारसँगै सिजनको अन्त्य गरेको छ ।
पिएसजी यस सिजनको च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिर हुन पुग्यो भने र फ्रेन्च कोपाको फाइनलमा रेन्नेजसँग पराजित भएको थियो ।
पिएसजीका लागि एम्बाप्पेले यस सिजनको लिग वानमा ३३ गोल गर्दै लिगमा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।