• २०८१ बैशाख २४ सोमबार

जात्रै जात्राको टिम पोखरामा  

kharibot

काठमाडौँ । पछिल्लो समय ‘वर्ड अफ माउथ’ का कारण फिल्म ‘जात्रै जात्रा’ हेर्ने दर्शक बढ्दो छन् । फिल्म हेरेर फर्किएका दर्शकले ‘राम्रो छ’ भनेपछि यतिबेला फिल्मले व्यापार पनि राम्रो गरिरहेको छ ।

पहिलो साता क्रस गर्दै गर्दा ५ करोड क्लबमा प्रवेश गरेको फिल्मलाई दर्शकसँगै समिक्षकले पनि रुचाएका छन् । फिल्म ‘जात्रा’ सिक्वेललाई लेखक तथा निर्देशक प्रदीप भट्टराईले दर्शकको अपेक्षा अनुसार नै दिन सफल भएका छन् । मह सञ्चारमा झन्डै डेढ दशक बिताएका भट्टराईले डेब्यु फिल्म ‘जात्रा’ मार्फत नै आफुलाई प्रमाणित गरिसकेका थिए ।

त्यसो त ‘जात्रा’ बाट विश्वास कायम बनाएको दर्शकले यसको सिक्वेलको पर्खाइ थियो , जसलाई ‘जात्रै जात्रा’ ले पुरा गर्यो । यतिबेला फिल्म ‘अफ डे’ मा पनि हाउसफुल भइरहेका छन् ।

स-परिवार नै फिल्म हेर्न पुगेका फोटोहरु दर्शकले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । प्रदर्शनको साता काठमाण्डौको विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिईरहेको टिमले यतिबेला मोफसलमा टुर गरिरहेको छ । पुर्वका विभिन् स्टेसनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिदै धन्यवाद दिएको टिमले दोस्रो सातामा पोखरा पुगेको छ ।

पोखरामा समेत छायाँकन भएको फिल्मको टुर टिममा वर्षा राउत , निर्देशक प्रदीप भट्टराई , कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानिया लगायत छन् । ‘दर्शकको प्रतिक्रियाले हामीलाई अझै हौसाएको छ’ निर्देशक भट्टराई भन्छन् ‘हामीलाई नेपालभर नै उत्तिकै माया देखाउनु भएको छ , त्यसैले सकेको ठाउमा पुगेर धन्यवाद दिईरहेका छौ ।’ उनले पोखराको मिडटाउन हल , विन्ध्यवासिनी हल , सिनेप्लेक्सा लगायतमा पुगेर दर्शकलाई धन्यवाद दिएका हुन् । अब यो टिम चितवन प्रस्थान गर्नेछ ।

‘चितवनमा पुगेर विभिन्न हलको भ्रमण गर्नेछौ’ निर्देशक भट्टराई भन्छन् ‘दर्शकसँगको प्रत्यक्ष अन्तरक्रियाले हामीलाई सहि मार्गदर्शन गर्छ ।’ फिल्ममा विपिन कार्की , रवीन्द्र झा र रवीन्द्र सिंह बानियाको मित्रता समेत देखाइएको छ । निर्देशक भट्टराईले उनले दर्शकक विश्वास भन्दा ठुलो कमाइ केहि नरहेको समेत बताए । ‘यतिबेला स्वदेश तथा विदेशमा फिल्म हेर्नु भएका अधिकांस दर्शक सन्तुष्ट हुनुहुन्छ , यसले हाम्रो टिमलाई अझ दायित्व थपेको छ’ उनले भने । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् ।

फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । फिल्ममा बर्षा राउत , राजाराम पौडेल , प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै