फिदिम । पाँचथरको हिलिहाङ गाँउपालिकाका एक वृद्ध मृत फेला परेका छन् । हिलिहाङ गाउँपालिका–६ का ७० वर्षीय दलबहादुर योङहाङ आज मृत फेला परेका हुन् ।
शनिबार घरमा कसैलाई नभनी हिँडेका योङहाङको शव आज बिहान मृतावस्थामा हेँवा खोलामा पानीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनको मृत्युबारे थप जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ । उनको शवपरीक्षणपछि परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।