• २०८१ बैशाख १५ शनिबार

सिरी ए को अन्तिम खेलमा युभेन्टस पराजित 

kharibot

काठमाडौँ । इटालियन महारथी क्लब युभेन्टसले सिरी ए को अन्तिम खेलमा पराजय भोगेको छ । गएराती सम्पन्न खेलमा युभेन्टस साम्पडोरियासँग २-० गोल अन्तरले पराजित भएको हो ।

साम्पडोरियाले खेलको अन्तिम ६ मिनेटमा २ गोल गर्दै युभेन्टसलाई पराजित गरेको थियो । साम्पडोरियाका लागि ग्रेगोइरे डेफ्रेल र गियानलुकाले एक एक गोल गरेका थिए ।

यसका साथै मासिमिलियानो अल्लेग्रीले पनि युभेन्टसको प्रशिक्षकको रुपमा अन्तिम खेलमा हारसहित आफ्नो युभेन्टसको पाँच बर्षे यात्रा टुंगाएका छन् ।

युभेन्टसएल ३८ खेलमा ९० अंक हासिल गर्दै आफ्नो यस सिजनको सिरी ए सकेको छ । त्यस्तै नापोली दोस्रो, एटलान्टा तेस्रो र इन्टर मिलान चौथो हुदै च्याम्पियन्स लिगका लागि छनौट भएका छन् ।

यस खेलमा क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् । उनको अनुपस्थितिमा पाउलो डिबालाले मौका पाएपनि उनले सो मौकाको सदुपयोग गर्न असफल रहे ।

युभेन्टसले सिरी ए का पछिल्ला ५ खेलमा जित निकाल्न असफल रह्यो । जसमा युभेन्टसले तीन बराबरी खेल्यो भने २ खेलमा हार बेहोरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय