• २०८१ बैशाख १८ मंगलबार

सिरी ए को टिम अफ द इयरमा परेनन् रोनाल्डो !

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको इटालियन सिरी ए मा पहिलो सिजन औसत देखिएको छ । पछिल्लो १० बर्षमा नै रोनाल्डोको यस बर्ष कमजोर प्रदर्शन देखिएको छ । 

यसैबीच रोनाल्डोले सिरी ए को बर्ष टिममा आफ्नो स्थान सुरक्षित गर्न समेत असफल भएका छन् । रोनाल्डोले यस सिजनमा युभेन्टसका लागि केवल २८ गोल गरेका छन् ।

कमजोर गोल औसतका कारण रोनाल्डोलाई इटालियन सिरी ए को टिम अफ द इयरबाट बाहिर राखिएको छ । टिम अफ द इयरमा युभेन्टसका दुई मात्र खेलाडी परेका छन् । जोआओ कान्सेलो र मिरालेम पजानिक परेका छन् । त्यस्तै इन्टर मिलानका गोल किपर सामिर ह्याण्डनोभिक, लाजियोका फ्रान्सेसको एसेरबी र एलेक्जेन्डर कोलारोभ, फाबियाँ रुइज, पपु गोमेज, डुभान जपाटा, जोसिप इलिकिक र ड्रिज मेर्टेंज पनि टिम अफ द इयरमा परेका छन् ।

पाँच पटकका बेलुन डो अर विजेता रोनाल्डोको पछिल्लो १० बर्षमै यो सिजन कमजोर देखिएको छ ।

रोनाल्डोले सन् २००९-१० मा ३३ गोल गरेका थिए भने २०१०-११ मा ५३ गोल गरेका थिए । त्यस्तै २०११-१२ मा ६० गोल, २०१२-१३ सिजनमा ५५ गोल, २०१३-१४ सिजनमा ५१ गोल, २०१४-१५ सिजनमा ६१ गोल, २०१५-१६ सिजनमा ५१ गोल, २०१६-१७ सिजनमा ४२ गोल र २०१७-१८ सिजनमा ४४ गोल गरेका थिए ।

औसत सुरुवात गरेका रोनाल्डोले च्याम्पियन्स लिगमा समेत यस सिजनमा केवल ५ गोल गरे भने युभेन्टसलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याउन असफल भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै