• २०८१ जेठ ५ शनिबार

कार्यकर्ताबाट आउने असल सुझाव पार्टी नेतृत्वले ग्रहण गर्नुपर्ने : नेता सिटौला

kharibot

मोरङ । नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीले सञ्चालन गरेको जागरण अभियानबाट कार्यकर्ताहरुको भावना बुझ्न मद्दत पुगेको बताएका छन् ।

उनले आगामी दिनमा कार्यकर्ताहरुबाट आउने असल सुझाव र सल्लाहलाई पार्टी नेतृत्वले ग्रहण गर्नुपर्नेमा जोड दिए । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले संविधानमा उल्लेखित मौलिक हकलाई सरकारले प्रचलनमा ल्याउनुपर्ने सुझाव दिए ।

सरकारको एक वर्षको कार्यकाललाई मूल्याङ्कन गर्दा उल्लेखित काम नभएको र जनताको गुनासो बढेको उनको भनाइ थियो ।

नेता सिटौलाले संवैधानिक निकायलाई निष्पक्ष काम गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गर्दै नेत्रविक्रम चन्द समूहले हिंसात्मक गतिविधिलाई रोकी शान्तिपूर्ण ढङ्गले सरकारसँग वार्ता गर्न सुझाव दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै