धर्म, संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दैछ – पूर्वराष्ट्रपति यादव

खरीबोट

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले पछिल्लो समय विभिन्न सङ्घसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता सङ्गठनलाई दण्डित गर्नुपर्ने बताएका छन् । 

नारायणस्थान देवस्थल उपभोक्ता समिति, ॐकार परिवार नेपाललगायत संस्थाद्वारा आयोजित ‘श्रीमद्भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ’ को शुभारम्भ गर्दै उनले संविधानले धर्म परिवर्तनलाई छुट नदिएको भए पनि गरीबीका कारण देखाएर विदेशीले धर्म परिवर्तन गरिरहेकामा चिन्ता व्यक्त गरे ।

नारायणहिटी दरबार सङ्ग्रहालयको पूर्वतर्फको नारायण मन्दिर परिसरमा यही जेठ २७ गतेसम्म जारी रहने उक्त महायज्ञमा डा यादवले प्राचीन संस्कृतिका आधारमा बनेका हाम्रा परम्परा, इतिहासको संरक्षण गरी तत्कालीन सभ्यताको अध्ययन गर्न सकिने बताए ।

विभिन्न जाति, संस्कृति र धर्मले सजिएको समाजमा अहिले एकताको खाँचो औँल्याउँदै उनले भने, “हिमालको काखमा रहेको नेपालमा सदियौँदेखि हिन्दू, बौद्ध र किरात धर्मको प्रभाव छ, यिनका संस्कृति र इतिहासलाई संरक्षण गर्नुपर्छ ।”

हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै नागरिकको भावनात्मक एकतालाई सम्बोधन गर्नसकेमा मात्र देशको राष्ट्रियता बलियो हुने उनको भनाइ थियो । डा यादवले जैविक विविधतायुक्त नेपालमा रहेका विभिन्न प्राकृतिक, स्रोत साधनको उपयोग गरी राष्ट्रलाई समृद्ध बनाउन सकिने बताए । 

उनले चार दशकअघिसम्म धान निर्यात गर्ने प्रमुख राष्ट्रका रुपमा रहेको नेपालमा प्रकृतिमाथि भइरहेको दोहनले उपभोग्य वस्तुको आयात बढ्दै गएकामा चिन्ता व्यक्त गरे । चुरे क्षेत्रको संरक्षणमा सबै संवेदनशील हुनुपर्नेमा पनि पूर्वराष्ट्रपति डा यादवको जोड थियो ।
 

सम्बन्धित समाचार

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको हत्या भएको एर्डोगानको आरोप

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको हत्या भएको आरोप लगाएका छन् ।  “अदालतमा बयान दिँदै गर्दा बेहोस भएर उहाँको निधन भएको बताइए पनि अधिकारीहरूले उहाँलाई बचाउन

इजिप्टका प्रथम निर्वाचित पूर्वराष्ट्रपति मोर्सीको निधन

इजिप्ट । इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ । कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढल्नु भएका मोर्सीको अदालतमै मृत्यु भएको उनका वकिलहरुले

पाकिस्तानका पूर्वराष्ट्रपति जरदारी पक्राउ 

काठमाडौँ । पाकिस्तानका पूर्वराष्ट्रपति एवं पिपल्स पार्टीका सहप्रमुख आसिफ अली जरदारी पक्राउ परेका छन् ।  पाकिस्तानको इस्लामावादस्थित हाइ कोर्टले मनि लाउन्डरीङ केसमा जमानत याचिका खारेज गर्दै जरदारीलाई फिरफ्तार गर्ने आदेश दिएको

धर्म, संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दैछ – पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले पछिल्लो समय विभिन्न सङ्घसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता सङ्गठनलाई दण्डित गर्नुपर्ने बताएका छन् ।  नारायणस्थान देवस्थल उपभोक्ता समिति, ॐकार परिवार


z