• २०८१ बैशाख १५ शनिबार

गृहमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगिन पूर्वराष्ट्रपति भण्डारी

kharibot

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अस्पताल पुगेर भेटेकी छन्।

शनिबार गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी पुगेर पूर्वराष्ट्रपति भण्डारीले मन्त्री श्रेष्ठलाई भेटेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा पूर्वराष्ट्रपतिले मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै उनलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएकी थिइन् ।

हाल उनको गंगालालको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै