• २०८१ बैशाख २७ बिहीबार

राष्ट्र बैंकद्वारा नोटका विशेषता सार्वजनिक, यसरी चिन्न सकिन्छ नोट

kharibot

काठमाडौँ । राष्ट्र बैंकले नोटका विशेषता सार्वजनिक गरेको छ ।

सर्वसाधारणलाई सक्कली र नक्कली नोटबारे छुट्याउन सजिलो होस् भन्ने उद्देश्यले सय, पाँच सय र हजार दरका नोटमा रहेका विशेषता सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ । 

तीनवटै प्रकारका नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा लालीगुराँसको आकृति स्पष्ट देखिन्छ ।

उक्त लालीगुराँसको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) रहेको हुन्छ । हजार रुपैयाँमा पृष्ठभाग (एकवटा हात्ती) भएको भाग दुवैतर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

राष्ट्र बैंकले हजार, पाँच सय र सयका नोटमा पानी छाप, सुरक्षण घागो, रजिस्टर लोगो र इंटाग्लियो प्रिन्टको माध्यमबाट नोट चिन्न सकिने जनाएको छ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै